Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

समाजवादी क्रान्तिको आवश्यकता छः बादल

फइल तस्विर
खबरडबली संवाददाता

राजविराज । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुकलाई समृद्धिको बाटोमा हिडाउन अब समाजवादी क्रान्तिको आवश्यकता औल्याएका छन् । शनिबार राजविराजमा नेकपा एमाले सप्तरीको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो आवश्यकता औल्याएका हुन् । 

“विगतमा जसरी हामीले लोकतन्त्र र गणतन्त्रका लागि आन्दोलन ग¥यो, त्यसरी नै अब मुलुकलाई समृद्धिको बाटोमा लैजान समाजवादी क्रान्तिको आवश्यकता छ, उनले भने – म केन्द्रिय समितिको तर्फबाट यो अधिवेशन मार्फत सबैमा समाजवादी क्रान्ति र अभियानमा सहभागि हुन आह्वान गर्दछु ।”

अहिले संघीय शासन सत्ता हातमा लिएपनि हामीले चाहेजस्तो सुधार नभएको बताउँदै उनले देशमा गरिबी, असमानता, विभेद कायमै रहको बताए । नेपालमा रोजगारी गर्नेलाई परिवार पाल्न गाह्रो भइरहेको बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको आधार निर्माण गर्न समाजवादको स्थापना आवश्यक रहेको दोहो¥याए ।

कुनै पनि दलले स्पष्ट बहुमत नपाएकै कारण चाहे जस्तो संविधान बन्न नसकेको, नियम कानुनहरु पनि बन्न नसकेको बताउँदै उनले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताले चाहे जस्तो काम हुन नसकेको उल्लेख गरे ।

नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित उद्घाट्न सत्रमामा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, मधेश प्रदेशका भौतिक पुर्वाधार मन्त्री सरोज कुमार यादव, गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, केनिद्रय सदस्य दिवाकर देवकोटा लगायतकाले शुभकामना दिएका थिए ।


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु; ५२ जिल्ला प्रभावित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending