काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको स्थायित्वबारे प्रश्न उठाएका छन् ।
गृह जिल्ला चितवनमा पुगेका प्रचण्डले आइतबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै नयाँ वर्षसँगै राजनीतिमा समेत नयाँ समीकरण बन्ने संकेत गरेका हुन् ।
पछिल्ला दिनहरुमा राजनीतिमा नयाँ घटनाक्रमहरु विकसित भइरहेको र आफूले नयाँ अनुभवका आधारमा सो कुरा बताएको भन्दै नयाँ सरकार बन्न सक्ने संकेत समेत गरेका हुन् ।
प्रचण्डको पछिल्ला अभिव्यक्ति नयाँ सरकार बन्न सक्ने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’
त्यसो त गत असारमा सरकारबाट हटेपछि आफू ०८४ को निर्वाचन अघि सरकारमा नजाने र सहयोग नगर्ने अभिव्यक्ति दिइरहेका प्रचण्ड पछिल्ला दिनहरुमा सत्ता साझेदार रहेको दल नेपाली कांग्रेससँग लचिलो देखिएका छन् । प्रचण्डले केही दिनअघि दिएको एक टेलिभिजन अन्तर्वार्तामा आफू प्रधानमन्त्री नबन्ने स्पष्ट पार्दै कांग्रेसले भनेको खण्डमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।
त्यसो त आज चितवन पुगेर वर्तमान सरकारप्रति चौतर्फी जनआक्रोश बढेको र कांग्रेसका शीर्ष नेताहरु समेत सरकारप्रति सकारात्मक रहन नसकेको भन्दै नयाँ वर्षमा केही नयाँ संकेत देखिने बताए ।
‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ,’ प्रचण्डले भनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - २०:५८
काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...
माघ १५ गते, २०८२ - २०:५६
काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...
माघ १५ गते, २०८२ - २०:१२
काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...
माघ १५ गते, २०८२ - २०:०७
सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...
माघ १५ गते, २०८२ - २०:०३
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...
माघ १५ गते, २०८२ - २०:००
काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...
माघ १४ गते, २०८२ - २१:०२
सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...
माघ १४ गते, २०८२ - २०:५०
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...
माघ १४ गते, २०८२ - २०:४९
काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...
माघ १४ गते, २०८२ - २०:४२
कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...




प्रतिकृया लेख्नुहोस्: