Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

चुरे क्षेत्रका बस्तीमा जहिल्यै खानेपानीको समस्या

खबरडबली संवाददाता

धनुषा । धनुषाको मिथिला नगरपालिका–११, चुरे क्षेत्रमा पर्ने दुधपानी र माथिल्लो बाहुनमारा बस्तीका बासिन्दाले खानेपानीको चरम समस्या भोगिरहेका छन् । सुक्खा मौसम सुरु भएसँगै धारामा पानी आउन छाडेपछि यहाँको जनजीवन प्रभावित बनेको हो ।

दुधपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जितबहादुर घिसिङले खानेपानीको एक मात्र विकल्पका रूपमा रहेको धारामा पानी आउन छाडेकाले अहिले यहाँ खानेपानीको चरम अभाव भएको बताए । उनले भने, “मुहान नै सुकेपछि धाराबाट पानी आउन छाडेको छ । दुधपानी बस्तीका करिब १६० घरधुरीले पानीको अभाव झेलिरहेका छन् ।’’ उनले भने, “ट्याङ्कीदेखि सात सय मिटर उत्तरमा रहेको खानेपानीको मुहान चैतको पहिलो सातादेखि सुक्न थालेको हो । पहिले धारामा चौबिसै घण्टा पानी आउने गथ्र्यो । अहिले मुस्किलले एक घण्टा पनि पानी आउँदैन ।’’

दुई दिनअघि वर्षा भएकाले मुहानमा पानी जम्मा भएपछि धारामा पानी आउने समय केही बढेको अध्यक्ष घिसिङको भनाइ छ ।  उहाँले यस समस्याको दीर्घकालीन समाधानका लागि बस्तीनजिकै रहेको रातु नदीमा तटबन्ध निर्माण गरी त्यहाँबाट लिफ्टिङ प्रणालीमार्फत पानी बस्तीमा ल्याउने योजना बनाइएको जानकारी दिए । 

स्थानीय प्रेमबहादुर कार्कीले चुरे क्षेत्रको माथिल्लो बस्ती बाहुनमारा पनि खानेपानीको चर्को समस्या रहेको बताए । उनले भने, “सुक्खा मौसम सुरु हुनासाथ धारामा आउने पानी सुक्छ । त्यसपछि हामीलाई पानीको जोहो गर्न निकै गाह्रो पर्छ ।’’ 

उनका अनुसार बस्तीमा पानी अभावका कारण पशुपालन र खेतीपातीमा समेत असर परेको छ । खेत सुक्खा छन् । पशुका लागि जोहो गर्ने घाँस उमार्न गाह्रो भइरहेको छ । खानेपानी नहुँदा महिलाको दिनको धेरै जसो समय पानी खोज्नमै बित्ने गरेको छ ।

वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत तथा प्रकृति संरक्षण अभियन्ता सुरेश शर्माले पछिल्लो समय चुरे क्षेत्रमा पानीका मुहान सुक्दै जाने क्रम तीव्र बनेको बताए । मौसममा आएको परिवर्तन, वन विनाश, चुरे क्षेत्रको दोहन तथा विकास निर्माणका गतिविधिले पानीको सतह घट्दै गएको उनको भनाइ छ । उनका अनुसार यस वर्ष हिउँदमा पर्याप्त वर्षा नभएकाले जमिनमुनि पानीको सतह घटेर मुहान सुक्ने क्रम बढेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु; ५२ जिल्ला प्रभावित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending