म्याग्दी। जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा संकलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि छ लाख सहयोग गरेको हो।
चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले २० लाख बजेट विनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले दुई-दुई लाख उपलब्ध गराएका बेनी ९ का वडाध्यक्ष चक्र केसीले जानकारी दिए।
कुल ३० लाख लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि बेनीको निर्माण कम्पनीले २४ लाख ३६ हजार ५७१ मा ठेक्का लिएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वर बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो।
परियोजनामार्फत गलेश्वर बसपार्कबाट प्रवेशद्वार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुंगा बिछ्याइने र किनारामा गमला राखेर फूलका बिरुवा रोपिने वडाध्यक्ष केसीले बताए।
गलेश्वर बजारभित्रको सडकमा ढुंगा बिछ्यापछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी करिडोरको सडकबाट मात्र आवतजावतको ब्यवस्था मिलाइने वडाध्यक्ष केसीले बताए। भुइँमा बिछ्याइने ढुंगामा असर नपर्ने गरी बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको ‘डिजाइन’ गरिएको छ।
गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाट सौन्दर्यकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। उनका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म भेटी लगायत शीर्षकबाट ६६ लाख दुई हजार ९९३ आम्दानी र ४० लाख नौ हजार ४५२ खर्च भई २५ लाख ९३ हजार ५४१ बचत भएको छ। गत वर्ष कोषले भेटीमार्फत संकलन भएको रकम परिचालन गरेर १२ लाखको लागतमा ज्ष्येष्ठ नागरिक आश्रममा सभाहल निर्माण गरेको थियो।
कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ। हिन्दू धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...
श्रावण ६ गते, २०८३ - ०८:२२
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...
श्रावण ६ गते, २०८३ - ०८:१२
काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...
श्रावण ६ गते, २०८३ - ०८:०१
झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...
श्रावण ६ गते, २०८३ - ०७:५८
काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...
श्रावण ६ गते, २०८३ - ०७:५४
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...



प्रतिकृया लेख्नुहोस्: