Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

हामी सत्ता छौं तर सरकारलाई खबरदारी गर्न छाड्दैनौं : शेखबर कोइराला

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका छन्।

शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन्।

उनले भने,‘राजनीतिमा धेरै कुरा हुन्छ। हालको सरकारका सवालमा पनि धेरै कुराहरु छन्। अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार हो र यसमा हामी पनि छौं। तर मैंले एउटा कुरा भन्दै आइरहेको छु–हामी सत्तामा छौं तर सरकारमा छैनौँ किनभने हाम्रो प्रतिस्पर्धी जुनसुकै ठाउँमा एमाले हुन्छ। हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं। यसलाई म खराब भन्दिन्। तर सरकारले गलत वा कमजोरी गरिरहेको छ की भनेर खवरदारी गरिराख्नुपर्छ भन्ने हो। खवरदारी गरेनौं भने कांग्रेसलाई अफ्ठ्यारोमा पर्नसक्छ। त्यसैले हामी सत्तामा छौं तर सरकारमा छैनौं। सरकारमा हुनेहरुले सहकार्य गरेरै जानुपर्ने आवश्यकता छ, अर्को उपाय छैन्,’ उनले अगाडि भने,‘सरकारले संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ। त्यसैले यसमा ढिला गर्न मिल्दैन्। जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ। सुशासन दिलाउन सकिएको छैन्, दण्डहिनता बढेको बढ्यै छ। यसलाई कन्ट्रोल गर्न जरुरी छ।’

साथै उनले संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताए। कोइरालाले अहिले सडकमा उठिरहेका धेरै माग संविधान संशोधनबाट पुरा गर्न सकिने बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु; ५२ जिल्ला प्रभावित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending