Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज

तस्बिर : बद्री थापा
खबरडबली संवाददाता

काठमाडाैं । ‘एच्यु हेयर  ओयल  ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’को उपाधि विराटनगरकी ब्युटिसियन सुमित्रा खवासले चुमेकी छिन् । बिहीबार अबेर साँझ ललितपुरको च्यासल स्थित ज्यापु एकेडेमी भवनमा सम्पन्न यो प्रतियोगितामा शीर्ष उपाधिसहित सुमित्राले २५ हजार रुपैयाँ र विभिन्न पुरस्कार समेत प्राप्त गरेकी छिन् । उनले भिवर्स च्वाईस र इन्टेलिजेन्ट ब्युटिसियनको अवार्ड पनि चुमिन् ।

‘एच्यु हेयर वेयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’ लागि २२ जना चयन भएको विभिन्न चरणको प्रतिस्पर्धापछि फाइनल राउन्डको लागि १५ जना चयन भएका थिए । उनीहरू बिचको प्रतिस्पर्धामा धादिङकी ब्युटिसियन सुजिता अधिकारीले १५ हजार रुपैयाँसहित फस्ट रनर अपको उपाधि र विभिन्न उपहार जितिन् । उनले ट्यालेन्ट ब्युटिसियनको अवार्ड पनि हासिल गरिन् । १० हजार रुपैयाँसहित सेकेन्ड रनर अपको उपाधि धरानकी ब्युटिसियन स्मृति सुब्बाले प्राप्त गरिन् । स्मृतिले वेस्ट ड्रेस र वेस्ट क्याटवाकको उपाधि पनि हासिल गरिन् ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.द्धारा आयोजित ‘एच्यु हेयर  ओयल  ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’मा थर्ड रनरअपसहित वेस्ट मेकअव अवार्ड रचना बज्राचार्यले, पब्लिक च्वाईस र मष्ट ब्युटिफुल अवार्ड रविना ठकुरीले म्यानेजमेन्ट च्वाईससहित वेस्ट नेलआर्ट अवार्ड रोशनी पुजारीले हासिल गरे ।
सो प्रतिस्पर्धामा मष्ट डिसिप्लेन अवार्ड निशा रजकले, वेस्ट मेहन्दी आर्ट अवार्ड स्नेहा चौधरीले, मष्ट फोटोजेनिक अवार्ड दुर्गा सुवेदीले, वेस्ट फिगर अवार्ड सुजिता दयालले, वेस्ट आई अवार्ड सपना रसाइलीले, वेस्ट हेयर स्टाईलिष्ट अवार्ड अञ्जली चौधरीले, मष्ट स्मार्ट अवार्ड रेशु आचार्यले, मष्ट इन्नोसेन्ट अवार्ड मनसरा राईले र हेल्दी हेयर अवार्ड निर्मला पौडेलले प्राप्त गरे ।
जयन सुब्बा मानन्धरको कोरियोग्राफी, कस्मोलोजिस्ट परिषी कारंजितको संयोजन एवम् यस प्रतियोगिताको पहिलो सिजनको विजेता एवम् गायिका सरिता भारतीको व्यवस्थापनमा यो प्रतियोगिता भएको थियो । प्रतियोगिताको ग्रान्ड फिनालेको निर्णायकमा गणेशमान सिंह प्राविधिक शिक्षालयका प्रिन्सिपल डिएन पराजुली, अभिनेता यसराज गराच, फेशन डिजाइनर तथा पूर्व मिसेस् युनिभर्स नेपाल मनीषा डंगोल श्रेष्ठ, अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर अश्विनी कान्त, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक विमला मानन्धर र अग्रज ब्युटिसियन निशा शाक्य थिए ।
कार्यक्रममा प्रमुख अतिथि अग्रज अभिनेता भुवन केसीले विलक्षण क्रियसन र रोज ब्युटी एकेडेमीले ब्युटिसियनहरुको लागि यो एउटा महत्त्वपूर्ण कार्यक्रम गर्दै आएको बताए । उनले विजेताहरूलाई बधाई ज्ञापन गर्दै मेकअप आर्टिस्टकै कारण आफूहरू पर्दामा राम्रो देखिँदै आएको बताए ।
आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् अग्रज ब्युटिसियन सोनी कारंजितले ब्युटिसियनहरुको व्यक्तित्व विकासको लागि विगत ८ वर्षबाट नियमित रूपमा यो प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।
अर्का आयोजक एवम् विलक्षण क्रियसन प्रा.लि.का अध्यक्ष तथा पत्रकार, गीतकार डब्बु क्षत्रीले सबैलाई धन्यवाद ज्ञापन गर्दै यो प्रतियोगितामा सहभागी भएर धेरै जना व्युटिसियनहरुको जीवनमा परिवर्तन आएको बताए ।
अग्रज अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलले पनि कार्यक्रममा विजेताहरूलाई शुभकामना दिँदै यो कार्यक्रम ब्युटिसियनहरु का लागि  आउँदा दिनमा निरन्तर अघि बढाउनु पर्छ भनिन् ।
विभिन्न सांगीतिक प्रस्तुति सहित भएको यो कार्यक्रममा अग्रज संगीतकार एवम् बाँसुरी वादक सुशील कुमार विश्वकर्मा, अग्रज चलचित्र निर्देशक सुचित्र श्रेष्ठ, अग्रज सञ्चारकर्मी जानुका बराल, अग्रज नृत्य निर्देशक केशव कोइराला, गायक नवीन कुमार पौडेल र फेशन डिजाइनर सञ्चिता बराल सो कार्यक्रमका सम्मानित भए । यस्तै ब्युटिसियन क्षेत्रबाट अग्रज ब्युटिसियनहरु सनम खड्गी, हिरा राई र अनिषा तामाङ सम्मानित भएका थिए ।
कार्यक्रममा यो मन त मेरो नेपाली होका अभिनेता रोशन श्रेष्ठले चलचित्रको शीर्ष गीतमा आफ्नो प्रस्तुति दिएका थिए । यस्तै अग्रज गायिका सत्यकला राई, गायकहरु डेभिड शंकर, ओम सुनार, सानुबाबु महर्जन, नारायण थापा, रमेश पाठक, नवीन कुमार पौडेलले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याएका थिए । कार्यक्रमका नृत्य निर्देशक कृष्ण रसाल र मोडल शिला गजुरेलले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर दर्शकलाई आफूसँगै नचाएका थिए ।
एच्यु हेयर ओयलको मुख्य प्रायोजनमा सम्पन्न यस कार्यक्रमको  सपोर्टरमा जाभिरा कस्मेटिक, किम्बो केराटिन, अक्सिग्लो, स्किन भिटा, नेप्लिज फेशन होम, चिरायु डेन्ट केयर, डि भ्याली रेस्टुरेन्ट एन्ड बार, खल्ती एप, भेल्भेट औरा, सिस्टर बुटिक, लन्डन फेशन हाउस, हिमालयन ब्रुअरी, कपाकस्मिरी सललगायत थिए । कार्यक्रमलाई सेसेमी लिम्बुले सञ्चालन गरेकी थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु; ५२ जिल्ला प्रभावित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...

अफगानिस्तानमा भीषण बाढीको कहर: २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...

हरेक जलन दुर्घटनापछि उही घोषणा, तर अत्याधुनिक अस्पताल अझै बनेन

काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...

जानकी मन्दिर घटनाप्रति हर्क साम्पाङको टिप्पणी– ‘यस्तो व्यवहारले मन्दिरको गरिमा बढेन’

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending