Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा पाण्डे विजयी

खबरडबली संवाददाता

बुटवल । सत्तारुढ प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई हराउँदै शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)को अध्यक्षमा नेत्रविक्रम चन्द विप्लव निकट उम्मेदवार विजयी भएका छन् ।

सचिवमा पनि गठबन्धनका उम्मेदवारलाई बागी उम्मेदवारले फराकिलो मतान्तरले पराजित गरेका छन् ।

केन्द्रको चौथो अधिवेशनबाट अध्यक्षमा एमाले(कांग्रेस गठबन्धनका उम्मेदवार इन्जिनियर किरण खरेललाई १३५ मतान्तरले पराजित गर्दै  विप्लव निकट उम्मेदवार खिमलाल पाण्डे विजयी भएका हुन् । पाण्डे यसअघि उपाध्यक्ष थिए भने खरेल कार्यसमिति सदस्य थिए ।

पाण्डेले ३९६ मत पाएर निर्वाचित हुँदा खरेलले २३४ मत पाए । राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार टिकादेवी आलेले ३९ मत पाइन् । अध्यक्षमा निर्वाचित पाण्डेलाई माओवादी केन्द्रले उम्मेदवारी नै फिर्ता लिएर साथ दिएको थियो भने एमाले र कांग्रेसका असन्तुष्ट पक्षले आन्तरिकरुपमा साथ दिएका थिए ।

यो चुनावमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनीका पूर्वमुख्यमन्त्री लिला गिरी, एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं तिलोत्तमाका पूर्वमेयर वासुदेव घिमिरे र तिलोत्तमाका हालका मेयर रामकृष्ण खाँणले पनि मतदान गरेका थिए ।

७७५ मतदाता रहेको केन्द्रको चुनावमा ६६१ मत खसेको निर्वाचन समितिका संयोजक मोहन चापागाईले जानकारी दिए ।

उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनबाट कांग्रेसका मिनप्रसाद देवकोटा निर्वाचित भए भने सचिवमा सत्ता गठबन्धनकी कमला पाण्डेलाई पराजित गर्दै कांग्रेसबाट बागी उम्मेदवार बनेका विदुर केसी विजयी भए ।

उपाध्यक्षमा देवकोटाले ३७८ मत, गठबन्धनका बागी उम्मेदवार लेखबहादुर खड्काले १३४ मत र राष्ट्रिय जनमुक्ति पार्टीकी चन्दा थापाले १०९ मत पाए । सचिवमा केसीले ३७९ मत पाएर निर्वाचित हुँदा पाण्डेले १८८ मत र राष्ट्रि जनमुक्ति पार्टीकी हिरामति थापाले ५७ मत पाइन् ।

कोषाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनबाट एमालेका मनिराम भट्टराई ३८५ मत पाएर निर्वाचित हुँदा माओवादी केन्द्रका सौरभ भुसालले १७५ र राष्ट्रिय जनमुक्ति पार्टीका उदलसिंह थापाले ६३ मत पाए ।

दुई जना लेखा समिति सदस्यमा स्वतन्त्र उम्मेदवार सन्दीप भट्टराई (३१३ मत) र एमाले–कांग्रेस गठबन्धनबाट विष्णुप्रसाद सुवेदी (२११ मत) विजयी भए । लेखा समिति सदस्यमा गठबन्धनकी मिठुमाया पौडेल (२०२ मत) ,माओवादी केन्द्रकी इन्दु थापा मगर (१४८ मत),स्वतन्त्र उम्मेदवार शंकर पाण्डे (१४८) र राष्ट्रिय जनमुक्तिकी सीता श्रीस (७२ मत) पराजित भए । लेखा समिति संयोजकमा कांग्रेसका प्रदीप पराजुली निर्विरोध निर्वाचित भएका थिए ।

७ जना कार्यसमिति सदस्यमा भने एमाले–कांग्रेस गठबन्धनबाट पाँच जना निर्वाचित भएका छन् । जसमा विन्दु ढकाल, लक्ष्मण मल्ल, सरस्वती बराल, शंकर भण्डारी र पार्वती क्षेत्री छन् । दुई जनामध्ये राममाया पौडेल गठबन्धनबाट बागी उम्मेदवार हुन् भने माओवादी केन्द्रकी ज्योतिमाया थापा निर्वाचित भएकी छन् ।

वार्षिक पाँच लाख पर्यटक घुम्न आउने वन वाटिका लुम्बिनी प्रदेशकै ठूलो र फराकिलो क्षेत्रफल भएको उद्यान हो । शंकरनगर सामुदायिक वन क्षेत्रभित्र रहेको यो उद्यान २०६२ सालदेखि सञ्चालनमा आएको हो ।

वनवाटिकाका मतदाता स्थानीय बुद्धिजिवी बाला कुँवरले उपभोक्ता र समुदायका साझा संस्थाहरुमा राजनीतिक दलहरुले भागबन्डा गरेर पद बाँडेको मतदाताले नरुचाएको चुनावको मत परिणामले पुष्टि गरेको टिप्पणी गरे ।

यसअघि शंकरनगर खानेपानीको चुनावमा पनि कांग्रेस एमाले गठबन्धनका आधिकारिक उम्मेदवारलाई बागी उम्मेदवारले पराजित गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending