काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अदालतले उनको माग अनुसार मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
राजनीतिमा आउने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफू जिम्मेवार नागरिक भइसकेको भन्दै उनले जिम्मेवार नागरिकको हैसियतले देशको हितका लागि जुनसुकै जिम्मेवारी लिन तयार रहेको पनि बताएका थिए ।
‘म सदैव देशको हित र सम्मृद्धिको लागि कुनै पनि जिम्मेवारी लिन तयार छु’, घिसिङले कूटनीतिक जवाफ दिए । अदालतको आदेशसँगै कुलमानले अब आफू प्राधिकरण नफर्कने सोचका साथ शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गरेका थिए ।
माने पनि, नमाने पनि अँध्यारो नेपाललाई उज्यालोमा परिणत गर्ने श्रेय धेरैजसो नागरिकले कुलमानलाई नै दिन्छन् । यद्यपि उज्यालो नेपाल बनाउने काम कुलमान एक्लैबाट सम्भव भएको भने होइन । विगतका ऊर्जामन्त्री र प्रधानमन्त्रीहरूको सहयोगबाटै कुलमानले त्यो श्रेय पाउन सम्भव भएको हो ।
जनताको सेन्टिमेन्ट बुझेका र कूटनीतिक शैलीमा कुरा गर्न जान्ने कुलमानले राज्यले दिएको जिम्मेवारी इमानदारी र निष्ठाका साथ पूरा गर्दा केही स्वार्थी समूहबाट आफ्नो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्नेगरी विगतबाटै प्रत्यक्ष–अप्रत्यक्ष चौतर्फी प्रहारका प्रयास भएको पनि बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: