Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

विभागको अनुगमन तीब्र, ७ फर्मलाइ कागजातसहित उपस्थित हुन निर्देशन 

खबरडबली संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलवार विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरेको छ। 

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन पाइएपछि विभागले सम्बन्धित व्यवसायीहरूलाई आवश्यक निर्देशन तथा कारबाही गरेको छ । अनुगमनका क्रममा एउटा फर्मको  बिक्री रोक्काको सहित ७ फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

"स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार" भन्ने नाराका साथ गरिएको अनुगमनका क्रममा  स्पार्क अटो केयर प्रा. लि. (काठमाडौं महानगरपालिका-८) बिक्री वितरण रोक्का गर्दै सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ६ वटा फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । गौरङ्ग सारीज प्रा. लि. (काठमाडौं महानगरपालिका-३१), सी.जी. मोटर्स प्रा. लि. (ललितपुर महानगरपालिका-०२), एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा. लि. (विराटनगर महानगरपालिका-०९), सिजन आई.टी. (काठमाडौं महानगरपालिका-२२), अर्बन गेअर्स (काठमाडौं महानगरपालिका-३१), गाभिनो फेशन वेयर (काठमाडौं महानगरपालिका-३१) लाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

भी.जी. अटोमोबाइल्स प्रा. लि. (काठमाडौं महानगरपालिका)को भने बिक्री वितरण फुकुवा गरिएको छ । 

विभागले उपभोक्ताको हक र हित संरक्षण गर्दै बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्यले निरन्तर अनुगमन तथा आवश्यक कारबाही गर्ने जनाएको छ। उपभोक्ता अधिकार सुनिश्चित गर्न व्यवसायहरूले कानुनी प्रावधानहरू पूर्ण रूपमा पालना गर्नुपर्ने विभागको भनाइ छ।

 विभागका अनुसार २० चैत देखि सबै सामग्रीहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरिएको छ । विभागका महानिर्देशक कुमार दहालले भने, `जोखेर वा नापेर विक्री गर्ने बाहेकका सबै सामग्रीमा एमआरपी अनिवार्य गरेका हौँ । जसले गर्दा स्वच्छ तथा पारदर्शी बजार हुनेछ, सानो सामग्री देखि ठुला गाडीहरूमा सम्म सबैमा एमआरपी उल्लेख हुनुपर्ने छ ।´

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको कडा निर्देशनमा विभागले उपभोक्ता ठगी हटाउन एक्सन लिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending