Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

अनुदान पाएपछि व्यावसायिक स्याउखेतीमा जुटे भोजपुरका किसान

खबरडबली संवाददाता

भोजपुर । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन् । 

साम्के र तामालुङ गाउँका २६ जना किसानले करिब एक सय रोपनी क्षेत्रफलमा स्याउको खेती विस्तार गरेको स्थानीयवासी पाण्डव राईले बताए । वडाले स्याउखेती विस्तारको लागि अनुदान दिएपछि किसानहरु उत्साहित भएर खेती विस्तारमा लागेका हुन् । पचास प्रतिशत लागत साझेदारीमा व्यावसायिक खेती प्रवद्र्धन थालिएको उनले जानकारी दिए ।

स्याउखेतीका निम्ति  भूबनोट र जलवायु उपयुक्त भएकाले साम्के र तामालुङ गाउँमा स्याउखेती कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष एकराज आचार्यले बताए । किसानलाई एक हजार ८०० बिरुवा वितरण गरिएको छ ।

“यो क्षेत्रलाई स्याउको नमूना क्षेत्र बनाउने हाम्रो लक्ष्य छ । अन्य ठाउँमा सुन्तला, कागतीलगायत फलफूलखेती प्रोत्साहन गर्दै आएका छौँ ”, वडाध्यक्ष आचार्यले भने । 

यसअघि वडाले व्यावसायिक सुन्तलाखेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न नर्सरी स्थापना गरेको थियो ।  वैकुण्ठेमा स्याउ, सुन्तलालगायत फलफूलका बिरुवा उत्पादन गर्न सकिने उनले बताए । 

कृषि शाखाका प्रमुख धीरज ठाकुरका अनुसार किसानका खेतबारीमा पुगेर प्राविधिक सहयोग प्रदान गरिएको छ । यो वर्ष हुर्काइएका स्याउका बिरुवाबाट चार वर्षपछि उत्पादन प्राप्त हुनेछ । जैविकखेती प्रणालीमा जोड्न किसानलाई जैविक मल तथा विषादी बनाउने तालिम पनि दिइएको छ । माटो परीक्षण गरेर माटो सुहाउँदो बालीको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरिरहेको उनको कथन छ । 

गाउँपालिकाले कृषि गुरुयोजना तयार गरेर कृषिमा लगानी गरिरहेको छ । कृषि एम्बुलेन्सबाट स्थानीय उजप बजार पुर्‍याइने गरेको छ । साथै पालिकाले सागसब्जी तथा फलफूलको ‘पकेट’ क्षेत्र निर्धारण गरेर तदनुरुप काम गरिहेको  जनाएको छ । कृषि उपज भण्डारणका लागि भुल्के र वैकुण्ठेमा चिस्यान केन्द्र निर्माण गरिएको छ । सागसब्जीखेती विकासका लागि वडा नं ३ भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम सञ्चालन भएको छ  ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending