काठमाडौं । मेलम्चीबाट वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी आउने भएको छ । अस्थायी रुपमा हिउँदमा मात्रै आएको मेलम्ची आयोजनाको पानी बर्खाको समयमा पनि नियमित आउने भएको हो।
२०७७ बाट काठमाडौंमा अस्थायी रुपमा पानी ल्याउन थालिएको थियो । २०७८ असार १ गते मेलम्चीमा आएको बाढीले ९० प्रतिशत काम सकिएको ‘इन्टेक’मा पूर्ण क्षति पुगेको थियो। खानेपानी मन्त्रालयबाट भएको अध्ययनबाट पुरानो इन्टेक काम नलाग्ने र नयाँ बनाउनुपर्ने अध्ययनले देखाएको छ। नयाँ संरचना नबन्दासम्म अस्थायी रुपमै नियमित पानी ल्याउने मन्त्रालयले जनाएको छ।
खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले आउने वर्षातमा मेलम्चीको पानी बन्द नहुने बताए। ‘हिउँदमा मात्रै आउने मेलम्ची खानेपानी अब बर्खामा पनि आउँछ’, सहसचिव दुवाडीले भने, ‘अहिलेको तुलनामा स्रोत केही कम हुनसक्छ तर विगतका वर्षमा जस्तो पानी पूर्ण रुपमा बन्द हुँदैन।’
मेलम्ची खानेपानी बोर्डका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र बहादुर पन्तले अस्थायी रुपमा पानी नियमित ल्याउने योजना रहेको बताए। ‘नयाँ कुनै संरचना बनेको छैन। अस्थायी रूपमै काठमाडौंका नियमित पानी ल्याउने योजना छ’, पन्तले भने, ‘वर्षातको समयमा सहायक स्रोतहरु थप गरी सुन्दरीजलमा पानी ल्याउने तयारी छ।’
उनले नयाँ संरचना नबन्दासम्म अस्थायी रुपमा पानी ल्याउने बताए। मेलम्चीबाट करिब दैनिक २० करोड लिटर पानी ल्याइरहेको थियो । चैतको सुख्खायाममा मुहानमा पानीको मात्र कमी भएकाले हाल दैनिक १७ करोड लिटर पानी आइरहेको छ।
‘नयाँ इन्टेक बनाउनको लागि आर्थिक स्रोत जुटाउनुपर्छ’, पन्तले भने, ‘पुरानो इन्टेकको सट्टा नयाँ बनाउनुपर्छ। थप अध्ययन गरी निर्माण गर्न अझै ४–५ वर्ष तयार हुँदैन।’
२०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना पूरा नहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीबाट काठमाडौंमा उद्घाटन गराएका थिए। मेलम्चीको पानी आउने विभिन्न ठाउँमा धारा बनाए पनि नियमित रुपमा आउनसकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: