Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नेपालीभाषीलाई पुनः देश निकाला गर्न थाल्यो भुटान, अन्तर्राष्ट्रिय समुदाय गुहार्दै शरणार्थी अगुवा

खबरडबली संवाददाता

काठमाडौं  । प्रजातन्त्रको घोषणापश्चात् पनि भुटान सरकारले आफ्ना नागरिकहरूलाई बलपूर्वक देश निष्कासन गर्ने र बेपत्ता पार्ने काम अझै गरिरहेको भन्दै भुटानी राजनीतिक दलहरूले दीर्घकालीन समाधानका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

केही दिनअघि अमेरिकामा पुनर्वास भएकामध्ये दश जना भुटानीलाई देश निकाला गरिएको र चार्टर विमानद्वारा पारो विमानस्थल पुर्‍याई भुटान सरकारलाई हस्तान्तरण गरिएको थियो । अमेरिकी अधिकारी फर्किएलगत्तै भुटानले ती शरणार्थीहरूलाई मध्यरातमा सरकारी सवारी साधनमा राखी भारतीय सीमापार गराएको थियो । यसरी सीमापार गराइएकामध्ये आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी नेपालस्थित शरणार्थी शिविरमा पुगेका थिए।

त्यस्तै, गएराति मेचीनगर –४ स्थित मिलनटुङ्ग सीमा नाकामा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ३० वर्षीय अशोक गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ । अन्य ६ जना सम्पर्कविहीन बनेका छन्। यसरी भुटानले देश निकाला गर्ने र बेपत्ता बनाउने कार्यले आफूहरु स्तब्ध र चिन्तित भएको राजनीतिक दलका प्रमुखहरूले बताएका छन्।

हाल चारजना अध्यागमन कार्यालय काँकरभिट्टाको नियन्त्रणमा छन् । जबकि अन्य ६ जनाको अवस्था अझैसम्म अज्ञात छ। शरणार्थी नेताहरुले विश्वका सबै संस्थाहरू, अन्तर्राष्ट्रिय समुदाय, एम्नेष्टी इन्टरनेशनल र विशेष गरी भारत र नेपालस्थित अमेरिकी दूतावासलाई उनीहरूको खोजी गर्न र राज्यविहीनता एवं पहिचानविहीनता हुने स्थितिबाट बचाउन अपिल गरेका छन्।

शरणार्थी नेताहरुले पीडितहरूको मानवको रूपमा बाँच्न पाउने न्यूनतम अधिकार सुनिश्चित गर्नका लागि सहयोग गर्न, भुटानी नागरिकहरूलाई पटक–पटक शरणार्थी बन्नबाट बचाउन, शरणार्थी समस्याको दीर्घकालीन तथा पूर्ण समाधानका लागि बहुपक्षीय वार्ताको विकल्प नहुँदा यथाशीघ्र यस सम्बन्धमा नेपाल सरकारको अग्रसरतामा अन्तर्राष्ट्रिय जगतको सकारात्मक पहल गर्न, हालै भुटानबाट गलत तरिकाले निष्कासित गरिएका र तीन दशक अघिदेखि स्वदेश फर्कन लालायित सबै भुटानीहरूलाई आफ्नै देशमा सहज रूपले बस्नसक्ने वातावरण सिर्जना गर्नका लागि दीर्घकालीन समाधानको पहल र समर्थनका लागि जोडदार माग गरेका छन्।

भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौड्याल, ड्रुक नेशनल काँग्रेस–प्रजातान्त्रिक अध्यक्ष रिन्जिन दोर्जी, भूटानी शरणाली प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष तिलक राई, भूटान स्वतन्त्र जनमञ्चका महासचिव डि. व.। सुब्बा र नेशनल रिकन्सिलेशन कमिटी भुटानका संयोजक कृष्णबीर तामाङले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएका हुन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending