तनहुँ। चितवन र तनहुँ जोड्ने घुमाउनेस्थित त्रिशूली नदीमाथि निर्माणाधीन मोटरेवल पुलको १० वर्षको अवधिमा ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।
विसं २०७१ असारमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको पुलको फाउन्डेशनकै चरणमा छ। अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ। पुल निर्माण नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वीराजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दूरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन।
सडक डिभिजन कार्यालयको सम्झौताअनुसार काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्न पटक–पटक माग गर्दै आए पनि खुरूखुरू म्याद थप गर्दै काम भएको बुद्धसिंह मार्ग पुल निर्माण सङघर्ष समितिका अध्यक्ष सिद्धान्त थापाले बताए।
पुल निर्माणमा दबाब दिने उद्देश्यले गठित संघर्ष समितिले उक्त घुमाउनेको पुलको निर्माणकार्य अघि बढाउन पटक–पटक माग गर्दै आएका छन्। त्रिशूली नदीमाथि निर्माण भइरहेको पुल दश वर्षसम्म पनि पूरा नहुनु र अन्य चार खोलामा पुल नहुँदा आवतजावतलाई समस्या भएकाले स्थानीय आन्दोलित हुनुपरेको अध्यक्ष थापाले बताए।
डिजाइन एन्ड विल्डरका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइनअनुसार पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहनेछ। आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत आठ करोड २६ लाख रुरुपैयाँ रहेको छ।
दोहोरो लेनको पुलमा ७ दशमलव ५ मिटर गाडी गुड्ने भाग रहने डिजाइनमा उल्लेख छ । हेडौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग सम्झौता भएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इञ्जिनीयर राजीव श्रेष्ठले बताए।
‘पुलको डिजाइन परिवर्तन गर्न लागिएकाले अहिले पुल निर्माणको काम रोकिएको छ’, उनले भने, ‘अहिलेको डिजाइनबाट बाढीले क्षति हुने देखिएकाले राज्यको लगानी खेर नजाओस् भनेर परिवर्तन गर्न लागिएको हो।’
पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले बुद्धसिंह मार्गमा पर्ने घुमाउनेको पुल निर्माण कार्यलाई गति दिन निर्देशन दिएका छन्। निर्माण व्यवसायीको चरम लापरबाहीले गर्दा ठेक्का सम्झौताको १० वर्ष पूरा हुँदा पनि पुल निर्माण अधुरो भएपछि भण्डारीले निर्देशन दिएका हुन्।
सांसद भण्डारीले पुल महाशाखाका प्रमुख सिनियर इञ्जिनीयर ललिजन खनाल र सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठलाई सोमबार फोन गरी काम तत्काल सुरू गर्न निर्देशन दिएका हुन्।
निर्धारित समयमा उत्कृष्ट रूपले सम्पन्न गर्न केही नीतिगत र कानुनी समस्या छन् भने त्यसको समाधानका लागि सरकारसमक्ष पुर्याएर समाधान गर्न आफू तयार रहेको सांसद भण्डारीले बताए। सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसक्दा यात्रुलाई सास्ती हुनुका साथै इन्धनमा हुने खर्च कटौती हुन सकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: