काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मोटरसाइकल र्याली निकालेको छ । काठमाडौंको तीनकुनेबाट एमालेले राजावादी अभियानविरुद्ध र्याली निकालेको हो ।
लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय नभई जनताको बलिदानीपूर्ण संघर्षको उपलब्धि पनि भएकाले त्यसको रक्षाको लागि एमालेले यो कार्यक्रम गरेको बताएको छ ।
राजावादीको सक्रियता बढेपछि त्यसको प्रतिवाद गर्न एमालेले देशव्यापी अभियानको घोषणा यसअघि नै गरेको थियो । त्यही घोषणाअनुसार आज र्याली गरेको हो । एमालेले मात्रै नभई गणतन्त्र पक्षधर अन्य दलहरूले पनि राजावादीको जनआन्दोलनलाई प्रतिवाद गर्न देशव्यापी रूपमा आन्दोलन अगाडि बढाइरहेका छन् ।
राजावादीहरूले शुक्रबार गरेको आन्दोलन तोडफोड र लुटपाटमा केन्द्रित भएपछि अहिले चर्को विवादमा फसेको छ । तीनकुने घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको ठहर गर्दै मुख्य राजनीतिक दलहरूले कारबाहीको चेतावनी दिइरहेका छन् ।
त्यही छेको पारेर आज एमालेले गरेको जागरण अभियानको लागि १० नारा तय गरेको छ । हत्या, हिंसा लुटपाट बन्द गर, जन्मसिद्ध अधिकार अस्वीकार गरौं, दास र रैती बन्न मञ्जुर छैन, हत्यारालाई कारबाही गर, शान्ति सुरक्षा कायम गर, सामाजिक अराजकता अन्त्य गरलगायतका नारा रहेका प्लेकार्ड सहित एमालले देशव्यापी यो कार्यक्रम गरेको बताएको छ ।
र्यालीमा सहभागी हुन एमाले नेताहरू राजन भट्टराई, विष्णु रिजाल, क्षितिज थेवे लगायत पनि पुगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: