Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

राजा आउ देश बचाउ भन्नु सज्जनको काम होइनः सञ्चारमन्त्री गुरुङ

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्ध गराउन फेरि रेडियो नेपालको भूमिका अहम हुने बताएको छन ।

काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५ औँ वार्षिकोत्सव ९हीरक महोत्सव० कार्यक्रममा मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामान्तप्रवृत्तिको रहेको बताए। यस्तो आचरणलाई हटाएर जनतालाई गणतन्त्रको महत्त्व दर्शाउने र जनता माँझ सत्यतत्थ्य सूचना दिन रेडियो नेपाल लगायत सार्वजनिक सेवा प्रसारण संस्थानहरुको भूमिका हुने उल्लेख गरे । पूर्व राजा ज्ञानेन्द्रले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौमसत्ता सम्पेको इतिहास सम्झाउँदै अहिले फेरि हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण काम हुने बताए। 

उनले भने, “गणतान्त्रिक शासन व्यवस्थामा राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन ।”  नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारको प्रशंसाभन्दा जनतालाई सही सूचना प्रसारण गर्ने पिएसबीको प्रमुख दायित्व हुने बताए। रेडियो नेपाल प्रत्येक जनताको घरदैलोमा गुन्जिनु पर्ने र यसका लागि नेपालको माटो सुहाउँदो पिएसबी मोडलका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव समेत उनले कार्यक्रममा राखेको थिए । “राष्ट्रिय एकता सिर्जना गर्ने माध्यम रेडियो नेपाल भएकाले सबै जनताको पहुँचमा पुर्‍याउन जरुरी छ” उनले भने। 

त्यस्तै, सञ्चार सचिव राधिका अर्यालले रेडियो नेपालको गरिमामय इतिहास रहेको बताउँदै पिएसबीमा रूपान्तरण भएपछि यसले बहन गर्ने जिम्मेवारी जनताप्रति जवाफदेही हुनुपर्ने बताए। पिएसबीका कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टले आगामी दिनमा रेडियो नेपालको पहुँच सतप्रतिशत जनतामा पुर्‍याउने बताउँदै समावेशी चरित्रका कन्टेन निर्माणमा जोड दिइने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा हुलाक सेवा विभागले रेडियो नेपालको हीरक जयन्तीसम्बन्धी पहिलो हुलाक टिकट आवरण प्रकाशन गरेको थियो । जसमा सञ्चारमन्त्री गुरुङले टिकट आवरणमा टाँचा प्रदान गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विरोधको शैली परिवर्तन गर्न सभामुखको आग्रह, विपक्षी असहमत

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। तर विपक्षी दलहरूले सभा...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्दै प्रतिनिधिसभामा विपक्षीको आजपनि विरोध

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएक...

बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला रु २ हजार ४०० र चाँदी प्रतितोला रु १६० ले सस्तिएको हो। नेपाल ...

बाल मन्दिर जग्गा भाडा प्रकरणमा तीन जना पक्राउ

काठमाडौं । बाल मन्दिरको जग्गा भाडामा दिइएको विषयसँग सम्बन्धित विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...

राष्ट्रिय सभाबाट आज चार अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभाले आज चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याक प्रक्रियामार्फत पारित गर्ने तयारी गरेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो ...

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर...

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षा...

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending