राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुलाई किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन मञ्जुर भएको मान्छे बताएको छन् ।
पार्टीको नियमित गतिविधिमा फर्केका लामिछानेले केन्द्रीय समिति बैठक सुरू हुनुअघि सोमबार दिउँसो सम्बोधन गर्दै उनले आफूलाई झुठा मुद्दा लगाएर पक्राउ गरिएको बताए ।
‘तपाईंले दिनुभएको माया र विश्वासलाई बेचेर खान्न, सत्ताले सुनोस् रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन मञ्जुर भएको मान्छे हो,’ उनले भने, ‘प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो टाँसिन्थ्यो होला त्यसले फरक पर्दैन। यिनीहरूसँग शिर झुकाएको भए मन्त्री, प्रधानमन्त्री हुन्थेँ होला, सरकार पनि ढल्दैनथ्यो होला, तर ज्यान जाला यिनका अघि शीर झुकाउँदिनँ।’
उनले कांग्रेस/एमाले सरकारको औचित्य समाप्त भइसकेको पनि बताए। सरकाले फेरि आफूलाई थुन्न सक्ने भन्दै उनले अबचाहिँ पार्टी नेतृत्व सम्हाल्छु भनेर आएको पनि बताएका थिए।
उनले अदालतप्रति सम्मान रहेको पनि बताए। ‘जुनसुकै शक्तिसँग पनि म लड्छु तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ, अझै गर षड्यन्त्र,’ उनले भने, ‘थप मुद्दा लगाउन बाँकी छ भने लगाओस् सरकारले।’
उनले जहाँ आगो बलेको छ त्यहाँ ताप्न रास्वपा नआएको पनि बताए। जनतामा आएको आक्रोशलाई बदल्नुपर्ने उनले बताए। रास्वपालाई गणतन्त्र र लोकतन्त्रवादी होइनौं कि भनेर हिलो छ्याप्ने काम भएको उनको भनाइ थियो। ‘जनता र परिवर्तनको पक्षमा रास्वपा छ,’ लामिछानेले भने, ‘तपाईंको कित्तामा फोटो खिचाउने रहर छैन।’
रास्वपालाई फुटाउन सकिन्छ कि भनेर केही लागिपरेको उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: