काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने भएको छ ।
यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्र खुलेको थियो । विमानस्थल व्यवस्थापनले २३ कात्तिकदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरी भौतिक संरचना निर्माण थालेसँगै वायुसेवा कम्पनीहरूले भने भाडा अचाक्ली बढाएका थिए ।
त्यसअघि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा थियो । अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला रहने विमानस्थल महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
‘१ अप्रिलदेखि १८ घण्टा विमानस्थल खुल्छ,’ उनले भने, ‘ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सम्पन्न भएको छ, समानान्तर ट्याक्सी वे निर्माणको काम जारी नै रहन्छ,’ उनले भने ।
यद्यपि, त्यसले उडान रोक्नु पर्ने अवस्था भने नआउने उनले जानकारी दिए । धावनमार्गबाट ७५ मिटर दायाँबायाँ संरचना निर्माणको काम हुँदा उडान रोक्नुपर्छ । जहाज अवतरण तथा उडान गर्ने क्षेत्र आसपास निर्माण सामग्री राख्न नहुने र खाल्डाखुुल्डी समेत पार्न नहुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - ०९:५९
रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...
श्रावण ३ गते, २०८३ - ०९:५३
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...
श्रावण ३ गते, २०८३ - ०९:४७
पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...
श्रावण ३ गते, २०८३ - ०९:४०
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...
श्रावण ३ गते, २०८३ - ०९:३६
सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...
श्रावण ३ गते, २०८३ - ०९:३२
चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...
श्रावण ३ गते, २०८३ - ०९:२१
नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: