Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

स्ववियु चुनावले तातियो रारा बहुमुखि क्याम्पस, एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा

खबरडबली संवाददाता

मुगु  ।  मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मुगुको रारा बहुमुखि क्याम्पसमा चुनावी माहोल तातिएको छ । 

सोमवार अर्थात चैत १८ गते हुने स्वबियु निर्वाचनका लागि मुगुका सक्रिय विभिन्न दलनिकटका संगठनहरू र एक स्वतन्त्र उम्मेदवार र दुई जना प्रत्यक्ष दलनिकट बाट अध्यक्ष पदका लागि प्रतिस्पर्धाको लागि मैदानमा उत्रिएका छन् ।

बिगतका बर्ष भन्दा यो वर्ष रारा बहुमुखी क्याम्पसमा भोलि हुन लागेको निर्वाचनले विद्यार्थी राजनीतिमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ ।

प्रमुख प्रतिस्पर्धीको रूपमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ , नेकपा एमालेनिकट अनेरास्ववियु, र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् । 

एकातिर पछिल्लो समय विद्यार्थीहरूमा दलहरू प्रति असन्तुष्टि बढ्दै गएकाले सायद मुगुमा पहिलो पटक स्वतन्त्र उम्मेदवारी रहेको छ ।  

निर्वाचन समितिका निर्वाचन अधिकृत लाल केशर रोकायाका अनुसार नेपाल विद्यार्थी संघ , अनेरास्ववियु , एक  स्वतन्त्र उम्मेदवार र  अखिल क्रान्तिकारी विद्यार्थी संगठन निर्वाचन प्रतिस्पर्धामा छन् ।

नेकपा एमाले निकट अनेरास्ववियु , नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको निर्वाचन अधिकृत रोकायाको भनाई छ । प्रमुख दलनिकट विद्यार्थी संगठनहरू नेतृत्व आफ्नो पक्षमा हात पार्न कसरत गरिरहेका छन् भने स्वतन्त्र उम्मेदवारले समेत चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।   

अध्यक्ष पदका लागि नेविसंघबाट जयलक्ष्मी रावल , गठबन्धन बाट अनेरास्ववियुका रविन्द्र मल्ल र स्वतन्त्र उम्मेदवारका रूपमा सुशिल कुमार मल्ल प्रतिस्पर्धामा छन् ।

 कोषाध्यक्ष पदमा नेविसंघ बाट पञ्चादेवि सेजुवाल र गठबन्धन बाट अनेरास्ववियुकी सरीता खड्का , सचिवमा नेविसंघका सागर हितान , गठबन्धन बाट अखिल क्रान्तिकारीकी औसरा बुढाले उम्मेदवारी दिएका छन् । स्ववियु कार्यसमितिको रारा बहुमुखि क्याम्पसमा अध्यक्ष, सचिव, कोषाध्यक्ष सहित २ सदस्यीय हुने व्यवस्था छ ।  

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको रारा बहुमुखि क्याम्पसमा नया नेतृत्व चयनका लागि १ सय ७२ जना मतदाताले भोलि आफ्नो मताधिकार प्रयोग गर्नेछन् । २०७९ साल चैतमा सम्पन्न  निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका राज तामाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

बिगतका वर्ष भन्दा यो बर्ष ववियु निर्वाचन अलि रोचक देखिने छ । एकातिर गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् भने अर्को ति स्वतन्त्र उम्मेदवार । यस वर्षको स्ववियु मुगुको निर्वाचनमा कस्ले बाजि मार्ला भन्ने त्यो हेर्न बाँकि छ । निर्वाचन भोलि बिहान ७ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ ।    

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending