Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सडक स्तरोन्नतिको वहनामा तीन सयभन्दा बढी वरपिपलका चौतारी नष्ट

रामापुरमा एक महिनाअघिसम्म रहेको वरपिपलको चौतारी । तस्बिरः छविलाल पाण्डे ।
खबरडबली संवाददाता

बुटवल  । बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिका क्रममा सडक किनारमा रहेका तीन सयभन्दा बढी वरपिपलका चौतारी (चौपारी) काटिएको छ ।   सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेका बेला पहिलो चरणमा सडक किनारमा रहेका करिब सात हजार रुख काटिएको छ भने त्यसमध्ये तीन सयभन्दा बढी वरपिपलका चौतारी कटानमा परेका हुन् । 

बुटवल–गोरुसिङ्गे सडक आयोजना बुटवल प्रमुख कुशलता न्यौपानेले रुख र चौतारीको कटानको काम सकिएको र अब सडक किनारमा रहेका यात्रुका बनेको प्रतीक्षालयसमेत हटाउन सुरु भएको जानकारी दिए । सडक किनारका रुख, चौतारी र यात्रु प्रतीक्षालयसमेत हटाउँदा अहिले बुटवल–गोरुसिङ्गे सडकखण्ड उजाड देखिएको छ ।  

वन तथा वातावरणविज्ञ युवराज कँडेलले बुटवलदेखि गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटर सडकखण्डमा करिब तीन सय वरपिपल र शमीका चौतारी काटिएको बताउँदै वातावरणका दृष्टिले चिन्ताजनक कुरा भएको बताए । गर्मीमा वरपिपल र शमीको चौतारीमा बस्दा गर्मीको महसुस नहुने तथा स्थानीय ज्येष्ठ नागरिकलाई यी चौतारी दिन कटाउने माध्यम बनेका थियो । 

बुटवल–१७, तामनगरका स्थानेश्वर पौडेलले विकासका लागि सडक विस्तार हुनु खुसीको कुरा भए पनि सडक किनारका वरपिपलका चौतारी काटिएकामा निकै दुःख लागेको बताए । उनले आफूहरू जस्ता धेरै ज्येष्ठ नागरिक यिनै वरपिपल र शमीका चौतारीमा बसेर दिन कटाउने गरेकोमा अब सबै काटिएपछि बसिबियाँलो गर्ने ठाउँसमेत नहुने कुराले पिरोलेको बताए ।   

वातावरणविज्ञ युवराज कँडेलले वरपिपल र शमीका चौतारी मासिँदा वातावरणमा असर पर्ने भन्दै सडकलाई बाधा नपर्ने गरी सडक छेउछाउमा रुखबिरुवा लगाउनुपर्ने बताए । पण्डित पीताम्बर भुसालले हिन्दु धर्ममा वरपिपल र शमी हरेक मङ्गल कार्यमा आवश्यक पर्ने भन्दै जति काटिएको छ, त्योभन्दा धेरै लगाउन आग्रह गरे ।  बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रमुख न्यौपानेले करिब सात हजार रुख कटान भएकाले अब एक रुख बराबर १० रुख रोप्न आयोजनाले वन विभागलाई करिब चार करोड रुपियाँ उपलब्ध गराइसकेको बताए ।  तत्कालीन राजा महेन्द्र शाहको पालामा २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम भइरहेको हो । 

बुटवल–नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले बुटवल–गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काई गर्ने पूर्वतयारी छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो ।

आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५र२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो । पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाख रुपियाँमा ठेक्का लागेको हो । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छ भने १४९ वटा कलभर्ट पनि निर्माण हुने छ । आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७।४ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending