काठमाडौं । राप्रपाले शुक्रबारको हिंसात्मक गतिविधिमा आफ्ना वरिष्ठ नेताहरुको संलग्नता र उत्पन्न परिणामबारे समीक्षा गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज अपराह्न तीन बजे राप्रपा मुख्यालयमा कार्यसम्पादन बैठक बोलाएका छन् ।
राप्रपा नेताहरुले आफूहरु संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि हुने आन्दोलनहरुमा नेतृत्व र ऐक्यबद्धता जनाउने गरे पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको बताएका छन् ।
राजावादी प्रदर्शनका नाममा तीनकुनेमा हत्या, तोडफोड र आक्रमण हुँदा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भीडलाई उक्साउन संलग्न भएको विषय यति बेला आम बहसमा छ ।
‘हिजो तीनकुनेमा भएको हिंसात्मक घटना र त्यसमा हाम्रो पार्टीका कतिपय नेता जोडिएको भनी आइरहेका विषयबारे ध्यानाकृष्ट भएको छ,’ राप्रपाका एक पदाधिकारीले भने, ‘हिंसा अस्वीकार्य छ, यस्ता अराजकतामा हाम्रो पार्टी जोडिने भन्ने प्रश्नै आउँदैन।’
भिडलाई उक्साउन राप्रपा वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले कुनै पनि आन्दोलन नेतृत्वमा नहुने भन्दै जनतालाई स्वतःस्फुर्त विद्रोहमा आउन अपिल गरेका थिए ।
अध्यक्ष लिङ्देनले राजा फर्काउने आन्दोलन पार्टीकै नेतृत्वमा हुनुपर्ने भन्दै आफ्नो कार्यक्रम २६ चैत र ८ वैशाखमा रहेको घोषणा गरेका छन् । उनले जनधनको क्षति गराउने उद्दण्ड क्रियाकलापमा सहभागी नहुन पार्टीपंक्तिलाई निर्देशन पनि दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: