काठमाडौं । राप्रपाले शुक्रबारको हिंसात्मक गतिविधिमा आफ्ना वरिष्ठ नेताहरुको संलग्नता र उत्पन्न परिणामबारे समीक्षा गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज अपराह्न तीन बजे राप्रपा मुख्यालयमा कार्यसम्पादन बैठक बोलाएका छन् ।
राप्रपा नेताहरुले आफूहरु संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि हुने आन्दोलनहरुमा नेतृत्व र ऐक्यबद्धता जनाउने गरे पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको बताएका छन् ।
राजावादी प्रदर्शनका नाममा तीनकुनेमा हत्या, तोडफोड र आक्रमण हुँदा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भीडलाई उक्साउन संलग्न भएको विषय यति बेला आम बहसमा छ ।
‘हिजो तीनकुनेमा भएको हिंसात्मक घटना र त्यसमा हाम्रो पार्टीका कतिपय नेता जोडिएको भनी आइरहेका विषयबारे ध्यानाकृष्ट भएको छ,’ राप्रपाका एक पदाधिकारीले भने, ‘हिंसा अस्वीकार्य छ, यस्ता अराजकतामा हाम्रो पार्टी जोडिने भन्ने प्रश्नै आउँदैन।’
भिडलाई उक्साउन राप्रपा वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले कुनै पनि आन्दोलन नेतृत्वमा नहुने भन्दै जनतालाई स्वतःस्फुर्त विद्रोहमा आउन अपिल गरेका थिए ।
अध्यक्ष लिङ्देनले राजा फर्काउने आन्दोलन पार्टीकै नेतृत्वमा हुनुपर्ने भन्दै आफ्नो कार्यक्रम २६ चैत र ८ वैशाखमा रहेको घोषणा गरेका छन् । उनले जनधनको क्षति गराउने उद्दण्ड क्रियाकलापमा सहभागी नहुन पार्टीपंक्तिलाई निर्देशन पनि दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १३:५४
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्...
आषाढ़ २४ गते, २०८३ - १३:४४
हेटौँडा। गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। लागूऔष...
आषाढ़ २४ गते, २०८३ - १३:३२
काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ द...
आषाढ़ २४ गते, २०८३ - १३:२०
प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?
आषाढ़ २४ गते, २०८३ - १२:५०
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...
आषाढ़ २४ गते, २०८३ - १२:३९
काठमाडौं। प्रधानमन्त्रीले आज बुधबार दिउँसो ३:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्न...
आषाढ़ २४ गते, २०८३ - १२:२१
बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट लडेर घाइते भएका कामदारको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार बिहान ९:४० बजे बाह्...
आषाढ़ २४ गते, २०८३ - १२:०९
काठमाडौँ। प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफ्नो अभिव्य...
आषाढ़ २४ गते, २०८३ - ११:५९
रुपन्देही । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनम...
आषाढ़ २४ गते, २०८३ - ११:३०
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग बुधबार विशेष स...



प्रतिकृया लेख्नुहोस्: