Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

राजावादीहरुको समूहले कहाँ–कहाँ गर्‍यो आगजनी र तोडफोड ?

खबरडबली संवाददाता

काठमाडौं । राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार दुर्गा प्रसाई नेतृत्वको राजावादी समूहले काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन गरेको छ । तिनकुनेलाई केन्द्रमा राखेर राजावादी समूहले आन्दोलन गरेको भएपनि काठमाडौंका अन्य स्थानमा समेत प्रदर्शन गरेका छन् ।

उनीहरुले प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यू समेत लगाइएको छ । राजावदीहरुले अराजक गतिविधि प्रदर्शन गरेपछि प्रहरीले लाठी चार्ज सहित हवाई फायर समेत गरेको थियो । प्रदर्शनरत राजावादी समूहले तिनकुनेमा घर तोडफोड सहित घरमा आगजनी समेत गरेका छन् ।

राजसंस्था पुनस्थापना माग गर्दै काठमाडौंको तिनकुनेमा प्रदर्शनरत दुर्गा प्रसाई नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनका क्रममा एक जना सशस्त्र प्रहरी महिला घाइते भएकी छन् । प्रदर्शनका क्रममा एक सशस्त्र प्रहरी महिलाको टाउको फुटेको छ । राजावादी समूहको प्रदर्शन अराजक बनेको छ ।

यसअघि घरमा ताडेफोडदेखी आगजनी समेत गरिएको थियो । तिनकुने क्षेत्र अहिले तनावग्रस्त छ । स्थिती नियन्त्रणमा लिन प्रहरी अश्रुग्यासदेखी हवाई फायर समेत गरेको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी भएको छ । शुक्रबार विमानस्थलको झाडीमा आगलागी भएको हो ।

आगो नियन्त्रणमा आइनसकेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) लालबाबु सुवेदीले बताए । आगो प्रदर्शनरत राजावादी समूहले लगाएको हुनसक्ने आशंका गरिएको छ ।

आगजनीको कारण बैंकक उड्ने तयारीमा रहेको थाइ एयरको उडान रद्द भएको छ । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको उनले बताए । घटनाबारे थप बुझने काम भइरहेको उनले बताए ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा समेत लगाइयो आगो

राजावादीहरुले सरकार मातहत रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा समेत आगो लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा आन्दोलानमा होमिएकाहरुले यहाँ आगो लगाएका हुन् ।

कोटेश्वरको भाटभटेनीमा आगजनी र तोडफोड

राजावादी प्रदर्शनहरूले कोटेश्वरस्थित भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका छन् ।

तीनकुनेमा तोडफोड गरे लगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका हुन् ।

प्रदर्शनकारीहरूद्वारा नेकपा एसको कार्यालयमा तोडफोड, कागजपत्र र फर्निचर बाहिर ल्याएर जलाए

काठमाडौँको तीनकुनेमा प्रदर्शनरत राजावादी समूहले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । आलोकनगरस्थिति एसको कार्यालय पुगेर राजावादीको एक समूहले ढुंगामुढा गरेका हुन् ।

उनीहरूले कार्यालय भित्र छिरेर फर्निचरका साथै कागजपत्रहरु पनि बाहिर ल्याएर जलाएका छन् ।

एमाले कार्यालय नजिकै ट्याक्सी जलाइयो,माओवादी पार्टी कार्यालय नजिक आगजनी

नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । राजसंस्था पुनस्थापनाको माग गर्दै प्रदर्शनरत राजावादीहरुले ट्याक्सी जलाएका हुन् ।

प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका छन् ।

बालकुमारीमा पनि गाडी जलाइयो

काठमाडौंको बालकुमारीमा समेत राजावादी पक्षधरले प्रदर्शनकारीले गाडी जलाएका छन् ।तीनकुनेबाट लखेटिएपछि उनीहरुले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।

राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending