काठमाडौं । शुक्राबार काठमाडौंको सवारी अस्तव्यस्त हुने भएको छ । समाजवादी मोर्चा र राजावादीको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त हुने भएको हो ।
काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेका छन् । समाजवादी मोर्चा (गणतन्त्रवादी) र राजवादीहरुको छुट्टाछुट्टै र्याली निस्किने भएसँगै रिङरोडसँगै उपत्यका भित्रको सडक अस्तव्यस्त हुने भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यी प्रदर्शनका कारण काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने सम्भावना छ। एसईईका कारण ११ बजेपछि मात्र प्रदर्शनकारीलाई समय उपलब्ध गराइएको जनाइएको छ । सवारी व्यवस्थापनका लागि भोलि १ हजार ८०० ट्राफिक प्रहरी खटाइने उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
समाजवादी मोर्चामा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।
त्यसैगरी, राजावादीहरुले दुर्गा प्रसाईं नेतृत्वमा तीनकुनेमा कार्यक्रम गर्ने भएका छन् ।
भृकुटीमण्डपमा बिहान ११ बजे र तीनकुनेमा दिउँसो १ बजे प्रदर्शन हुने समय तय भएको छ ।
रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज बन्नेछ । त्यस्तै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रमा पनि सवारी जाम हुन सक्ने भएकाले वैकल्पिक रुट तय गर्न प्रहरीले अनुरोध गरेक छ ।
प्रदर्शनको शान्ति सुरक्षाका लागि २ हजार ५ सय प्रहरी खटाइने भएको छ । प्रदर्शनमा हुन सक्ने घुस पैठ र सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् ।
त्यस्तै १५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन हुने सुरक्षा स्रोतको भनाइ छ । गणतन्त्र र राजावादीको प्रदर्शनमा दुई पक्षलाई भेट हुन नदिने रणनीति सुरक्षा निकायको छ । राजावादीहरुलाई रिङरोडभित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीलाई रिङरोड आसपास प्रवेश नदिने गरि सुरक्षा रणनीति तयार भएको छ ।
राजावादीको जुलुस भक्तपुरबाट मुख्य सडकमार्ग हुँदै तीनकुने आउने छ भने जोरपाटी, नयाँ बसपार्कबाट चाबहिल हुँदै तीनकुने आउने छ । कलंकीतर्फको जुलुस सातदोबाटो कोटेश्वर हुँदै तीनकुने आउने गरि व्यवस्थापन मिलाइएको छ ।
समाजवादी मोर्चाको जुलुस भने बबरमहल माइतीघर, कुपन्डोल थापाथली, सोह्रखुट्टे पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: