Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

१५ चैतमा राजावादी-गणतन्त्रवादी आमनेसामने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वपञ्च नवराज सुवेदी संयोजक रहेको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ राजसंस्था पुनस्र्थापनाको माग गर्दै मंगलबारदेखि औपचारिक रूपमा आन्दोलनमा होमिएको छ । 

सुवेदी नेतृत्वको समितिले १५ चैत शुक्रबार राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ भने राप्रपाले आगामी २६ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । राप्रपाले त्यसअघि राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा सबैले गर्ने आन्दोलनमा समर्थन गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौंको एक प्यालेसमा मंगलबार बसेको आन्दोलन मूल समितिको बैठकले ‘राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जजसले आन्दोलन गरे पनि त्यो शान्तिपूर्ण हुुनुप-यो त्यसमा समर्थन गर्ने’ निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनले आगामी २६ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको पनि बताए । उनका अनुसार राप्रपा मंगलबारबाटै आन्दोलनमा होमिएको छ । राप्रपाले ७ चैत २०८२ बाट निरन्तर रूपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

‘२६ गते काठमाडौंमा बाग्मती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाउने निर्णय भएको छ,’ लिङ्देनले भने । 

उता, सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले १५ चैत शुक्रबार राजधानीमा गर्ने जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघीयताविरोधी आमसर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरेको छ ।

सो समितिले जारी गरेको विज्ञप्तिमा नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने अवस्था आएको उल्लेख छ । साथै, राजसंस्था पुनस्र्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले समेत १५ चैत काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने घोषणा यसअघि नै गरिसकेको छ । प्रसाईंले सामाजिक सञ्जालमार्फत ‘अब निर्णायक समय आइसकेको छ, सबै तयार रहौं’ भनी आह्वान गर्दै आन्दोलनको तयारीमा जुट्न आग्रह गरिरहेका छन् ।

प्रसाईंले आफ्नो फेसबुक पोस्टमार्फत सम्पूर्ण पीडित, उत्पीडित, राष्ट्रवादी नागरिक र अन्यायको सामना गरिरहेका वर्गहरूलाई आन्दोलनमा सहभागिता जनाउन आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘अब निर्णायक समय आएको छ, देश बेच्नेहरूसँग लड्ने समय आइसक्यो, यही १५ चैत राष्ट्रभक्तिको शक्ति प्रदर्शन गर्नेछौं ।’

प्रसाईंले राजसंस्था पुनःस्थापना चाहने राजनीतिक दलहरू, देशभरका अभियन्ता, राष्ट्रभक्त नागरिक तथा आन्दोलनमा सहानुभूति राख्ने सबै शक्तिलाई काठमाडौं केन्द्रित आन्दोलनको तयारी गर्न आग्रह गरेका छन् । उनले काठमाडौं, ललितपुर र भक्तपुरका अभियन्तालाई उपत्यका नछोड्न निर्देशन दिँदै आन्दोलनको मोडालिटी चाँडै सार्वजनिक गर्ने बताएका छन् ।

उनले लेखका छन्, ‘१५ चैतका लागि तयार रहनुहोस्, हामीले लड्नु छ देश बेचुवाहरूका दलालहरूसँग, बचाउनु छ हाम्रो गौरवशाली नेपाललाई ।’

काठमाडौं जिल्ला प्रशासनले प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’लाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।

१५ चैत नै समाजवादी मोर्चाले समेत राजधानीमा राजावादीको गतिविधिविरुद्ध प्रदर्शन तय गरेको छ । माओवादीलगायत चार दल सम्मिलित समाजवादी मोर्चाले १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । नागरिक समाज, संविधानविद्, पूर्वराजदूतसँग अन्तक्र्रिया गरेपछि मोर्चाले प्रदर्शनको घोषणा गरेको हो ।

समावेशी, समानुपातिक प्रणाली र संघीय व्यवस्थामाथि हमला हुन खोजेकाले जनतालाई जानकारी दिन राजधानीमा प्रदर्शन गर्ने निर्णय लिइएको मोर्चाको प्रमुख दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताउँदै आएका छन् । ‘कसैले संघीय गणतन्त्रमाथि अराजक ढंगले हमला गर्न खोज्छ भने त्यसको जानकारी गराउनु हाम्रो जिम्मेवारी हो,’ उनको भनाइ छ, ‘कसैका विरुद्ध प्रदर्शन गर्न लागेको होइन, प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मोर्चा क्रियाशील छ ।’

मोर्चाका तर्फबाट माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महिन्द्र राय यादव, नेकपा महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेको विज्ञप्तिमा गणतन्त्रवादी शक्तिलाई एकजुट भई ‘प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्र विफल’ पार्न अपिल गरिएको छ । ‘प्रतिगामी र पुनरउत्थानवादी षड्यन्त्रविरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको’ मोर्चाको निष्कर्ष छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयन नहुँदा राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भएको मोर्चाले जनाएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मनोमानी, देश एवं जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रविरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरउत्थानवादी तत्वहरू लागिपरेका छन्,’ मोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ ।’

मोर्चाले कांग्रेस–एमाले गठबन्धन सरकारको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरेको दाबी गरेको छ ।

गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन र सभा गर्न स्थानीय प्रशासनसँग अनुमति लिएको छ । तर, नवराज सुवेदी नेतृत्वको पूर्वराजसंस्थावादी समूहले चाहिँ प्रदर्शन स्थल’bout सार्वजनिक रूपमा बताएको छैन ।

समाजवादी मोर्चाले भृकुटीमण्डपमा र राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्ने’bout जानकारी गराएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । दुई स्थानबाहेक अन्यत्र प्रदर्शनका कार्यक्रम’bout आफूलाई जानकारी नभएको प्रजिअ तिवारीले बताए ।

प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...

मानवीय लापरवाहीबाट डढेलोको जोखिम उच्च

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाच...

सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न निर्देशन

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेव...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: