Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

स्वीट्जरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

खबरडबली संवाददाता

काठमाडौँ । स्वीट्जरल्याण्डको जेनेभामा नेपालको पर्यटन प्रवर्द्धन गर्दै स्वीस नागरिकलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घका लागि नेपाल स्थायी मिसन, जेनेभाको सहकार्यमा आयोजित ‘नेपाल नाइट’मार्फत स्वीट्जरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरिएको हो । 

जेनेभमा सोमबार सम्पन्न नेपाल नाइटको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटनका अवसर तथा नेपाली आतिथ्य संस्कृतिको विशेषता प्रस्तुत गर्दै स्वीट्जरल्याण्डका पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

सचिव सिंहले नेपाल र स्वीट्जरल्याण्डबीच सन् १९५६ देखि कायम कूटनीतिक सम्बन्धको चर्चा गर्दै यी दुई देशका भौगोलिक समानता र स्वीट्जरल्याण्डले नेपालको पूर्वाधार, प्रविधि तथा पर्यटन प्रवर्द्धनमा पु¥याएको योगदानलाई  स्मरण गरे । उनले प्रसिद्ध स्वीस भूगर्भविद् तथा अन्वेषक डा टोनी ह्यागेनले नेपाललाई विश्वसामु चिनाउन गरेको योगदानको प्रशंसासमेत गरे । 

बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको पर्यटकीय विविधता, रमणीय भू–दृश्य, पर्यटनका नयाँ पहल तथा नीतिसम्बन्धी विस्तृत प्रस्तुति दिएका थिए। पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले नेपालमा थप स्वीस पर्यटक तथा लगानीकर्तालाई स्वागत गर्न नेपाल पूर्णरूपमा तयार रहेको जानकारी गराए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending