Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशीको टोली हेटौँडामा

खबरडबली संवाददाता

बागमती । सवारीसाधनको विद्युतीय अभिलेख सृजना (डिजिटाइजेसन)लगायत बागमती प्रदेशमा पछिल्लो सयम यातायात क्षेत्रमा भएका सुधारका कामबारे जानकारी लिन कोशी प्रदेशको टोली बागमती प्रदेश आइपुगेको छ ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था महाशाखा प्रमुख मानबहादुर देवकोटाको नेतृत्वमा आएको टोली तथा मातहतका यातायात व्यवस्था कार्यालयका पदाधिकारी तथा कोशी प्रदेश यातायात क्षेत्रको सेवा प्रवाहसम्बन्धी सुधारका लागि गठित कार्यदलको सदस्यले यातायात व्यवस्था कार्यालय हेटौँडा पुगेर अन्तरक्रिया गरेका छन् । 

यातायात व्यवस्था कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले बागमती सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालय र यस मातहतका कार्यालयले सवारीसाधनको विद्युतीय अभिलेख सृजना (डिजिटाइजेसन)लगायत सेवा प्रवाहबारे जानकारी दिए। 

यातायात क्षेत्रसँग सम्बन्धित सेवा प्रविधिसँग जोडिदै सेवाग्राहीले अब  घरबाट नै सेवा लिन सकिने वातावरण बनाउँदै लगिने जानकारी दिँदै बागमती प्रदेशले लागू गर्न लागेको लाइसेन्ससम्बन्धी नयाँ ‘इडिएल सिस्टम’बारे जानकारी दिए। 

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट सवारीसाधनको विवरण डिजिटलाइजेसन गर्ने कार्यको शुभारम्भसँगै यातायात व्यवस्था कार्यालय हेटौँडालगायत अन्य सवारी व्यवस्थापनसम्बन्धी कार्य गर्ने कार्यालयले सवारीसाधनको विवरण डिजिटलाइजेसनको कार्य भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए । 

सेवाग्राहीले आफ्नो सवारीको विवरण प्रविष्ट गरी अनलाइनबाट सवारी कर, नवीकरणलगायत पटकेसहित लिनसक्ने व्यवस्था रहेको तथा हालै मात्र बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपमार्फत लाइसेन्स देखाउने तथा ट्राफिक नियम उल्लङ्घन गरेमा सोही एपको ड्राइभिङ लाइसेन्स सूचना प्रणालीअन्तर्गतको क्यूआरबाट जरिवाना गरिरहेको बताए । 

आगामी दिनमा बागमती प्रदेश सरकारले राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी ड्राइभिङ लाइसेन्ससमबन्धी आवेदनलगायत अन्य सेवा अनलाइन गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गरिरहेको जानकारी दिए । सो अवसरमा कोशी प्रदेशका टोलीले बागमतीको यातायात मन्त्रालय र यस मातहतका कार्यालयले प्रवाह गरेका सेवा प्रविधिसँग जोडिदै प्रविधिमैत्री बनाउँदै लगेकामा खुसी व्यक्त गर्दै कोशी प्रदेशले पनि यस किसिमको अभ्यास गरेर अघि बढ्ने बताएको छ ।

यातायात व्यवस्था कार्यालय हेटौँडाले सवारीसाधनको तथ्याङ्क खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको डिजिटाइजेसन गर्न थालिएको छ । 

सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारी कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ । उनका अनुसार सो कार्यालयमा दुई पाङग्रे, तीन पाङ्ग्रे र चार पाङग्रे गरी ५१ हजार सवारी दर्ता छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE