Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशीको टोली हेटौँडामा

खबरडबली संवाददाता

बागमती । सवारीसाधनको विद्युतीय अभिलेख सृजना (डिजिटाइजेसन)लगायत बागमती प्रदेशमा पछिल्लो सयम यातायात क्षेत्रमा भएका सुधारका कामबारे जानकारी लिन कोशी प्रदेशको टोली बागमती प्रदेश आइपुगेको छ ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था महाशाखा प्रमुख मानबहादुर देवकोटाको नेतृत्वमा आएको टोली तथा मातहतका यातायात व्यवस्था कार्यालयका पदाधिकारी तथा कोशी प्रदेश यातायात क्षेत्रको सेवा प्रवाहसम्बन्धी सुधारका लागि गठित कार्यदलको सदस्यले यातायात व्यवस्था कार्यालय हेटौँडा पुगेर अन्तरक्रिया गरेका छन् । 

यातायात व्यवस्था कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले बागमती सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालय र यस मातहतका कार्यालयले सवारीसाधनको विद्युतीय अभिलेख सृजना (डिजिटाइजेसन)लगायत सेवा प्रवाहबारे जानकारी दिए। 

यातायात क्षेत्रसँग सम्बन्धित सेवा प्रविधिसँग जोडिदै सेवाग्राहीले अब  घरबाट नै सेवा लिन सकिने वातावरण बनाउँदै लगिने जानकारी दिँदै बागमती प्रदेशले लागू गर्न लागेको लाइसेन्ससम्बन्धी नयाँ ‘इडिएल सिस्टम’बारे जानकारी दिए। 

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट सवारीसाधनको विवरण डिजिटलाइजेसन गर्ने कार्यको शुभारम्भसँगै यातायात व्यवस्था कार्यालय हेटौँडालगायत अन्य सवारी व्यवस्थापनसम्बन्धी कार्य गर्ने कार्यालयले सवारीसाधनको विवरण डिजिटलाइजेसनको कार्य भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए । 

सेवाग्राहीले आफ्नो सवारीको विवरण प्रविष्ट गरी अनलाइनबाट सवारी कर, नवीकरणलगायत पटकेसहित लिनसक्ने व्यवस्था रहेको तथा हालै मात्र बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपमार्फत लाइसेन्स देखाउने तथा ट्राफिक नियम उल्लङ्घन गरेमा सोही एपको ड्राइभिङ लाइसेन्स सूचना प्रणालीअन्तर्गतको क्यूआरबाट जरिवाना गरिरहेको बताए । 

आगामी दिनमा बागमती प्रदेश सरकारले राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी ड्राइभिङ लाइसेन्ससमबन्धी आवेदनलगायत अन्य सेवा अनलाइन गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गरिरहेको जानकारी दिए । सो अवसरमा कोशी प्रदेशका टोलीले बागमतीको यातायात मन्त्रालय र यस मातहतका कार्यालयले प्रवाह गरेका सेवा प्रविधिसँग जोडिदै प्रविधिमैत्री बनाउँदै लगेकामा खुसी व्यक्त गर्दै कोशी प्रदेशले पनि यस किसिमको अभ्यास गरेर अघि बढ्ने बताएको छ ।

यातायात व्यवस्था कार्यालय हेटौँडाले सवारीसाधनको तथ्याङ्क खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको डिजिटाइजेसन गर्न थालिएको छ । 

सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारी कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ । उनका अनुसार सो कार्यालयमा दुई पाङग्रे, तीन पाङ्ग्रे र चार पाङग्रे गरी ५१ हजार सवारी दर्ता छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending