Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने योजना बन्दैछ ?

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने संकेत गरेका छन् । राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, हिन्दू राष्ट्र स्थापनासहितका मागसहित आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री ओलीले यसमा थप छलफल गर्दै अगाडि बढ्न खोजेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग थप छलफल गरेर अगाडि बढ्ने योजनामा रहेका छन् ।

यसअघि नै प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल हुने भनिएको थियो । तर, माओवादी केन्द्रद्वारा हुलाकी राजमार्ग केन्द्रित आयोजित जनतासँग माओवादी कार्यक्रमका लागि प्रचण्ड तराई मधेशतर्फ गएकाले उनीहरूको भेट हुन सकेन । प्रचण्ड गएपछि ओली र देउवाबीच मात्रै छलफल भएको थियो ।

‘यो व्यवस्थालाई नै चुनौती दिँदै सडकमा उत्रिएपछि पूर्वराजालाई पनि गिरफ्तार गर्नुपर्ने हुन्छ, यस विषयमा ओलीले देउवासँग छलफल गरिसक्नुभएको छ, थप छलफल आवश्यक भएकाले प्रचण्डसँग भेट्ने योजना छ, तर प्रचण्ड तराई मधेशतिर भएकाले तीनै जना नेताको भेट हुन सकेको छैन,’ बालुवाटार स्रोतले भन्यो, ‘अब छिट्टै नै तीन नेताबीच छलफल हुन्छ, के गर्नुपर्छ व्यवस्था जोगाउन त्यो सबै गर्नुपर्नेमा नेताहरू सहमत नै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले यसअघि नै प्रचण्डसँग भेट्ने प्रयास गरेका थिए । संसद्को ७ चैतमा बसेको बैठकमा ओलीले प्रचण्डसँग भेट्ने प्रयास पटकपटक गरिए पनि भेट हुन नसकेको बताएका थिए । कांग्रेस सभापति देउवाले आइतबार आयोजित एक कार्यक्रममा पूर्वराजा फर्किन नसक्ने दाबी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालगायतका दलहरू पूर्वराजालाई फर्काउने योजनासहित आन्दोलनमा उत्रिएपछि देउवाले पूर्वराजा फर्किन नसक्ने बताउँदै राप्रपाको अध्यक्ष बनाउनुपर्ने टिप्पणी गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई विभिन्न आरोप लगाउँदै संवैधानिक राजतन्त्र नफर्किने बताएका छन् । मूर्तिचोरदेखि भाइमारासम्मको आरोप प्रचण्डले यसअघि सिन्धुपाल्चोकको एक कार्यक्रममा लगाएका थिए । पूर्वराजालाई फर्काउनका लागि राप्रपाले आन्दोलन गरेपछि प्रचण्डले राजा कुनै पनि हालतमा नफर्किने ठोकुवासमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि बसेको एमाले सचिवालय बैठकमा पूर्वराजाबाट व्यवस्थालाई चुनौती दिने काम बढ्दै गए गिरफ्तारसम्म गर्न सकिने जानकारी गराएको एक नेताले जनाएका छन् । गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको बताउँदै उनले आफू नेतृत्वको सरकारलाई विस्थापित गर्ने योजनासमेत रहेको बताएका थिए ।

भारतीय पक्षबाट आफू नेतृत्वको सरकार ढाल्ने योजना बनेको बताउँदै उनले आफूले त्यसको प्रतिकार गर्ने जानकारी एमाले नेतालाई गराएका थिए । गत ४ चैतमा बसेको सचिवालय बैठकमा ओलीले भारतीय जासुसी संस्था ‘रअ’ले आफू नेतृत्वको सरकारविरुद्ध गतिविधि गरेको बताउँदै त्यसो हो भने आफूले संसद्मै त्यसमा खुला रूपमा बोल्ने बताएका थिए ।

एमाले स्रोतका अनुसार ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन दमकदेखि काठमाडौंसम्म भारतीयहरू परिचालित भएको बैठकमा खुलासा गरेका थिए । उनले आफूलाई हटाउने भारतीय चलखेललाई पनि देखाइदिने चेतावनी दिएका छन् । यसका साथै राजतन्त्र पुनस्र्थापनाको आन्दोलनमा भारतीयको पनि साथ सहयोग रहेको ओलीले बताएका थिए ।

प्रधानमन्त्री भएदेखि नै ओलीको भारतीय पक्षसँग सम्बन्ध सुधार हुन सकेको छैन । अरू प्रधानमन्त्रीलाई पदमा जानेबित्तिकै औपचारिक भ्रमणका लागि निम्तो दिने भारतले ओलीलाई नौ महिनासम्म पनि आमन्त्रण गरेको छैन ।

त्यसका लागि पटकपटक भएका प्रयास सफल हुन सकेको छैन । पछिल्लो समय परराष्ट्रमन्त्री आरजु देउवा राणाले प्रयास गरे पनि उनी पनि असफल भएकी छन् । स्वयं प्रधानमन्त्री ओलीले चीन भ्रमणपश्चात् भारत भ्रमणमा जाने उद्घोष गरेका थिए । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending