चितवन । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ ।
चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताए ।
विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको बताए ।
उनले भने, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ ।”
नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थियो । बाघको सङ्ख्या बढ्दै गर्दा बासस्थान क्षेत्र ९३ प्रतिशत घटेको आचार्यले बताए ।
एक सय वर्ष पहिले विश्वमा एक लाखको हाराहारीमा बाघ रहेकामा अहिले यो सङ्ख्या घटेर पाँच हजार पुगेको उनले जानकारी दिए। पछिल्ला वर्षहरूमा बाघको संरक्षणमा ध्यान दिइएकाले यसको सङ्ख्या बढ्दै गएको हो ।
नेपालको वन क्षेत्रमा पाँच सयको हाराहारीमा बाघ राख्न सकिने आचार्यले बताए। उनले भने “निकुञ्जको कोर क्षेत्रमा चार सय चार बाघ राख्न सकिने देखिन्छ ।” बाघको मुख्य आहार मृग प्रजाति रहेकाले यसलाई समेत संरक्षण गर्न आवश्यक छ । मृग प्रजातिसँगै बाँदर र घरपालुवा जनावार बाघको आहाराका रूपमा रहेको सो अवसरमा जानकारी दिइयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रलाई विश्व स्तरमा पुर्याउने आफ्नो दृढ प्रतिबद्धता दोहोर्याएका छन्।...
फाल्गुन ४ गते, २०८२ - ०९:१२
चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्ने कार्यले तीव्रता पाएको छ। हालसम्म यस खण्डको ११ किलोमिटर सडक काल...
फाल्गुन ४ गते, २०८२ - ०९:०९
भोजपुर । हिउँदे वर्षात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित ...
फाल्गुन ४ गते, २०८२ - ०८:०१
काठमाडौँ। ठिक दुई वर्षअघि बाङ्ग्लादेशमा शेख हसिनाले पुन: निर्वाचन जित्दै गर्दा १५ वर्ष देखिको सत्तामाथि उनको पकड अचानक गुम्ने कल्पना सम्म गर्ने अवस्था...
फाल्गुन ४ गते, २०८२ - ०७:५०
काठमाडौँ। गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्...
फाल्गुन ४ गते, २०८२ - ०७:४७
काठमाडौँ । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा जनशक्ति...
फाल्गुन ४ गते, २०८२ - ०७:४१
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष सुन्तला खेतीबाट उल्लेख्य आम्दानी गरेका छन्। आफ्नो १५ रोपनी क्षेत्...
फाल्गुन ४ गते, २०८२ - ०७:३१
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र निर्वाचन आयोग समक्ष पेस गरेको छ । पार्...
फाल्गुन ४ गते, २०८२ - ०७:२९
काठमाडाैँ । चीनले क्यानडा र बेलायतका साधारण राहधानीधारक नागरिकलाई लक्षित गरी भिसा मुक्त नीति लागु गर्ने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प...
फाल्गुन ४ गते, २०८२ - ०७:२५
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्व...



प्रतिकृया लेख्नुहोस्: