धनगढी । कैलालीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले आफ्नै ब्राण्डमा चामल उत्पादन शुरु गरेको छ । सहकारीलाई किसानसँग जोड्न र शेयर सदस्यहरुको गुणस्तरिय चामलको माग पुरा गर्न चामल सहकारीले चामल उत्पादन शुरु गरेको हो ।
गोदावरी नगरपालिकाको मजगाउमा राइस मिल प्लान्ट स्थापना गरेर नवजीवनले धानको उत्पान शुरु गरेको हो । नवजीवनले उत्पादन गरेको धान सहकारीका १० वटै शाखाहरुबाट बिक्री गरिनेछ ।
‘किसानले उचित मुल्य पाउन र किसानले उत्पादन गरेको धानबाट शेयर सदस्यहरुले अर्गानिक चामल खान पाउन भनेर शुरुआत गरेका छौं ।’ नवजीवन सहकारीका अध्यक्ष देब बहादुर बमले भने ‘आगामी बर्षमा प्रत्येक किसानबाट नवजीवन सहकारीले सिधै धान खरिद गर्ने योजना छ ।’
नववीवनले उत्पादन गरेको मसिनो चामलको मुल्य प्रति २५ किलोको २ हजार २ सय र मोटो चामलको प्रति २५ किलोको १ हजार ४ सय छ । पहिलो बर्ष मोटो र मसिनो मात्र बजारमा ल्याएको र आगामी बर्षदेखि मसिनो र मोटोको पनि गुणस्तर छुट्याएर बजारमा ल्याइने अध्यक्ष बमले बताए ।
नवजीवन सहकारीले मजगाउमा १ करोड २ लाखको लागतमा ५ हजार क्वीन्टल क्षमताको गोदाम घर निर्माण, राइस मिल प्लान्ट र ट्रान्सफर्मर स्थापना गरेको छ । बाटो र अन्य गरि मजगाउमा १ करोड ५६ लाख लगानी भएको छ । मजगाउको राइस मिल प्लान्टले प्रति घण्टा दुई मेटिक टन चामल उत्पादन गर्ने क्षमता छ ।
यस बर्ष धान खरिद १६ हजार २८ क्वीन्टल धानग खरिर गरेकोमा हालसम्म १ हजार १ सय ८४ क्वीन्टल धान कुटाई गरेर ६५१ क्वीन्टल २९ केजी चामल उत्पादन भएको छ । आगामी दिनमा धान खरिद र चाल उत्पादन बढाएर लैजाने अध्यक्ष बमले बताए ।
नवजीवनले बजारमा चामल उत्पान गर्दा पोलिसिङ गरिदैन । आगामी बर्ष रानी जमरा कुलरिया सिचाई आयोजना क्षेत्रका किसानहरुसँग धान उत्पादनको सम्झौता गर्ने, धानको मुल्य पहिल्यै तोक्ने र किसानलाई आवश्यक सहयोग सहकारीले गर्ने अध्यक्ष बमले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - २१:२७
काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...
आषाढ़ ३२ गते, २०८३ - २१:१३
ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...
आषाढ़ ३२ गते, २०८३ - २१:०५
अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...
आषाढ़ ३२ गते, २०८३ - २०:५६
काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...



प्रतिकृया लेख्नुहोस्: