सुलीकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले माओवादी केन्द्र बिना संविधान संशोधन गर्ने कुरा असम्भव रहेको बताएको छन । तमु मुक्तिमोर्चा गोरखाको छैटौं जिल्ला सम्मेलनलाई आइतबार गोरखामा सम्बोधन गर्नुहुँदै उनले काँग्रेस, एमाले र सत्तामा रहेका दलहरुबाट मात्र संविधान संशोधन हुन नसक्ने बताए।
'यो संविधान माओवादीसँग सम्झौता गरेर आएको संविधान हो, महासचिव गुरुङले भन्नुभयो,'संविधान संशोधन गर्नै पर्ने भयो भनेपनि अहिलेको संविधानको ‘स्टेक हेल्डर’ माओवादी पनि भएकाले माओवादीसँगको सहमति बिना त संशोधन हुन सक्दैन ।' उहाँले माओवादी विना नै संविधान संशोधन गर्ने काँग्रेस एमाले सहमतिले प्रतिगामी शक्तिहरु चलमलाउन थालेको दाबी गरे ।
'अब देशमा राजतन्त्र असम्भव छ, प्रतिगामी शक्तिहरुले खाली उचाल्ने, पछार्ने र राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्ने काम मात्र भइरहेको छू, महासचिव गुरुङले भने ,'यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भण्डाफोर गर्नुपर्छ । ' सरकारको कमीकमजोरीलाई पनि सशक्त ढङ्गबाट उठाउनुपर्नेमा उहाँले जोड दिए।
महासचिव गुरुङले अहिले काँग्रेस र एमाले असफल हुँदा त्यसको विकल्प माओवादी केन्द्र भएको भन्दै राजसंस्था विकल्प हुनै नसक्ने स्पस्ट पारे।'दरबारको असफलताको विकल्प निश्चित रुपमा काँग्रेस, एमालेदेखि लिएर माओवादीसम्म नै होू' उनले भने,'तर अब काँग्रेस एमाले असफल हुँदा त्यसको विकल्प माओवादी हो, दरबारिया होइन र हुनै सक्दैन। '
मुलुकको परिवर्तनका लागि माओवादीले सबैलाई गोलबन्द गरेर अगाडि बढ्नुपर्ने भन्दै महासचिव गुरुङले फेरि माओवादीले अभिभावकीय भूमिका लिनुपर्ने अवस्था आएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: