Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

कालिगण्डकी कोरिडोर : पर्वत बेनी खण्ड सडक निर्माण अवरद्ध

खबरडबली संवाददाता

म्याग्दी । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनाको निर्माणाधीन माढुङ्गा–बेनी सडक खण्ड अन्तर्गत पर्ने पर्वत बेनीमा सडक विस्तारमा स्थानीयवासीहरुले अवरोध सिर्जना गरेका छन् । 

जलजला गाउँपालिका ३ स्थित पर्वत बेनी बजार क्षेत्रको सडक निर्माणमा घरधनीहरुले अवरोध पुर्‍याएका हुन् । घरधनीहरुले सडक निर्माणमा अवरोध सिर्जना गरेपछि यो खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रेको काम रोकिएको छ ।  

म्याग्दीको सदरमुकाम बेनी जोड्ने कालिगण्डकी मोटरेबल पुलदेखि सात सय ८० मिटर दूरीमा पर्वत बेनी बजारका २८ वटा पक्की घर पर्दछन् । नाली सहितको ११ मिटर सडकको मापदण्ड भएपनि हाललाई घरहरु नभत्काई ९ मिटरको सडक कायम गरी आयोजनाले कालोपत्रे गर्न खोजे पनि घरधनीहरुले काम गर्न अवरोध सिर्जना गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विष्णु चापागाईंले बताए। 

घरधनीहरुले आयोजनाबाट खटिएका इन्जिनियर तथा कर्मचारीलाई काममा अवरोध सिर्जना गर्ने, सडक नाप्न नदिने र उपकरण खोसेर फालिदिने लगायतका कार्य गरेको उनले बताए । उनले भने,'सडकको मापदण्ड ११ मिटर चौढाइ हो । ११ मिटर कायम गर्दा अहिले बजार क्षेत्रका धेरै घरहरु भत्काउनुपर्ने देखियो । त्यसैले सडक आसपासका घरहरुलाई क्षति नपुर्‍याइ हाललाई ९ मिटर चौढाई कायम गरी सडक कालोपत्रे गर्न आयोजनाले खोजेको थियो । तर घरधनीहरु मान्नुभएन ।' 

सडक विस्तारमा अवरोध भएपछि अहिलेलाई यो खण्डको कालोपत्रे गर्ने कार्यलाई ठेक्काबाट हटाउने प्रक्रिया अघि बढाइएको उनेले बताए । आयोजना कार्यालयले प्रभावित घरधनी, स्थानीय जनप्रतिनिधि र पर्वतका प्रमुख जिल्ला अधिकारी सहित समस्या समाधान गर्न पटकपटक छलफल गरेपनि घरधनीहरु सकरात्मक नभएको उनले बताए। 

सडक विस्तार गर्दा धेरै घरहरु विस्थापित हुने भएकाले यो खण्डको विकल्प खोज्नुपर्ने धरधनीहरुको गुनासो छ । अहिले ९ मिटरमा सडक कालोपत्रे गर्न दिएपनि यो राष्ट्रिय राजमार्ग भएकाले भोलीका दिनहरुमा सरकारले मापदण्ड अनुसार ३० मिटर चौढाई कायम गर्दा आफू सकुम्बासी हुनुपर्ने पर्वत बेनीकी जुना जिसीले बताए । उनले भने,'जीवनभरको कमाईले बनाएको घर सडक विस्तार गर्दा भत्किएपछि हामी घरविहिन हुनुपर्दछ । अहिले घरहरु नभत्काएपनि भोलीका दिनहरुमा जसरी पनि सरकारले सडक विस्तार गर्दा भत्काउँछ । त्यसैले बजार क्षेत्रको विकल्प खोजेर सडक निर्माण होस् भन्ने हाम्रो माग हो ।'  

घरलाई क्षति नपुर्‍याइ हाललाई ८ देखि ९ मिटर चौढाई कायम गरेर सडक कालोपत्रे गर्न जनप्रतिनिधिहरुले सहजीकरण गर्दा पनि घरधनीहरुले अटेरी गरेको जलजला गाउँपालिका ४ का वडाध्यक्ष भरत क्षेत्रले बताए ।'अहिले बजार क्षेत्रको सडक जिर्ण बनेको छ । धुलो र हिलोले सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ' वडाध्यक्ष क्षेत्रीले भन्नुभयो,'सडक राम्रो नहुँदा बजार नै कुरुप देखिएको छ । आयोजना र जनप्रतिनिधिले धेरै प्रयास गर्दा पनि घरधनीहरु सडक विस्तार गर्न तयार हुनुभएन ।'

आयोजना अन्तर्गत अहिलेसम्म पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्से खण्डमा पाँच किलोमिटर दुई सय मिटर सडक कालोपत्रे भएको आयोजनाका सव–इञ्जिनियर सोहनजङ कार्कीले बताए । उनका अनुसार पहिरो प्रभावित क्षेत्रमा करिब दुई किलोमिटर सडक ढलान गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति

डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)

सरकारको सय दिनमा एमालेको समीक्षा: सरकारका सय दिनका काम फितलो र विवादास्पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...

प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने तयारी

काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...

शिक्षा क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता छ: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending