Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

कालिगण्डकी कोरिडोर : पर्वत बेनी खण्ड सडक निर्माण अवरद्ध

खबरडबली संवाददाता

म्याग्दी । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनाको निर्माणाधीन माढुङ्गा–बेनी सडक खण्ड अन्तर्गत पर्ने पर्वत बेनीमा सडक विस्तारमा स्थानीयवासीहरुले अवरोध सिर्जना गरेका छन् । 

जलजला गाउँपालिका ३ स्थित पर्वत बेनी बजार क्षेत्रको सडक निर्माणमा घरधनीहरुले अवरोध पुर्‍याएका हुन् । घरधनीहरुले सडक निर्माणमा अवरोध सिर्जना गरेपछि यो खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रेको काम रोकिएको छ ।  

म्याग्दीको सदरमुकाम बेनी जोड्ने कालिगण्डकी मोटरेबल पुलदेखि सात सय ८० मिटर दूरीमा पर्वत बेनी बजारका २८ वटा पक्की घर पर्दछन् । नाली सहितको ११ मिटर सडकको मापदण्ड भएपनि हाललाई घरहरु नभत्काई ९ मिटरको सडक कायम गरी आयोजनाले कालोपत्रे गर्न खोजे पनि घरधनीहरुले काम गर्न अवरोध सिर्जना गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विष्णु चापागाईंले बताए। 

घरधनीहरुले आयोजनाबाट खटिएका इन्जिनियर तथा कर्मचारीलाई काममा अवरोध सिर्जना गर्ने, सडक नाप्न नदिने र उपकरण खोसेर फालिदिने लगायतका कार्य गरेको उनले बताए । उनले भने,'सडकको मापदण्ड ११ मिटर चौढाइ हो । ११ मिटर कायम गर्दा अहिले बजार क्षेत्रका धेरै घरहरु भत्काउनुपर्ने देखियो । त्यसैले सडक आसपासका घरहरुलाई क्षति नपुर्‍याइ हाललाई ९ मिटर चौढाई कायम गरी सडक कालोपत्रे गर्न आयोजनाले खोजेको थियो । तर घरधनीहरु मान्नुभएन ।' 

सडक विस्तारमा अवरोध भएपछि अहिलेलाई यो खण्डको कालोपत्रे गर्ने कार्यलाई ठेक्काबाट हटाउने प्रक्रिया अघि बढाइएको उनेले बताए । आयोजना कार्यालयले प्रभावित घरधनी, स्थानीय जनप्रतिनिधि र पर्वतका प्रमुख जिल्ला अधिकारी सहित समस्या समाधान गर्न पटकपटक छलफल गरेपनि घरधनीहरु सकरात्मक नभएको उनले बताए। 

सडक विस्तार गर्दा धेरै घरहरु विस्थापित हुने भएकाले यो खण्डको विकल्प खोज्नुपर्ने धरधनीहरुको गुनासो छ । अहिले ९ मिटरमा सडक कालोपत्रे गर्न दिएपनि यो राष्ट्रिय राजमार्ग भएकाले भोलीका दिनहरुमा सरकारले मापदण्ड अनुसार ३० मिटर चौढाई कायम गर्दा आफू सकुम्बासी हुनुपर्ने पर्वत बेनीकी जुना जिसीले बताए । उनले भने,'जीवनभरको कमाईले बनाएको घर सडक विस्तार गर्दा भत्किएपछि हामी घरविहिन हुनुपर्दछ । अहिले घरहरु नभत्काएपनि भोलीका दिनहरुमा जसरी पनि सरकारले सडक विस्तार गर्दा भत्काउँछ । त्यसैले बजार क्षेत्रको विकल्प खोजेर सडक निर्माण होस् भन्ने हाम्रो माग हो ।'  

घरलाई क्षति नपुर्‍याइ हाललाई ८ देखि ९ मिटर चौढाई कायम गरेर सडक कालोपत्रे गर्न जनप्रतिनिधिहरुले सहजीकरण गर्दा पनि घरधनीहरुले अटेरी गरेको जलजला गाउँपालिका ४ का वडाध्यक्ष भरत क्षेत्रले बताए ।'अहिले बजार क्षेत्रको सडक जिर्ण बनेको छ । धुलो र हिलोले सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ' वडाध्यक्ष क्षेत्रीले भन्नुभयो,'सडक राम्रो नहुँदा बजार नै कुरुप देखिएको छ । आयोजना र जनप्रतिनिधिले धेरै प्रयास गर्दा पनि घरधनीहरु सडक विस्तार गर्न तयार हुनुभएन ।'

आयोजना अन्तर्गत अहिलेसम्म पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्से खण्डमा पाँच किलोमिटर दुई सय मिटर सडक कालोपत्रे भएको आयोजनाका सव–इञ्जिनियर सोहनजङ कार्कीले बताए । उनका अनुसार पहिरो प्रभावित क्षेत्रमा करिब दुई किलोमिटर सडक ढलान गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending