Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति, नष्ट भयाे ४५० अर्ब टन ग्लेसियर

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राष्ट्रसंघले लगातार तेस्रो वर्ष २०२४ मा विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति भएको जानकारी दिएको छ । 

संयुक्त राष्ट्र संघले यसपछि यो पनि चेतावनी दिएको छ कि हिमनदीहरू बचाउनु अब हाम्रो लागि बाँच्ने कुरा हुन पुगेको छ ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन अन्तर्गतको मौसम, जलवायु र पानी एजेन्सीले विश्व हिमनदी दिवसको अवसरमा विगत ६ वर्षमध्ये पाँचवटा हिमनदीहरू रेकर्डमा सबैभन्दा छिटो पग्लिएको बताएको छ।

विश्व मौसम विज्ञान संगठनका प्रमुख सेलेस्टे साउलोले भने, ‘ग्लेशियरहरू संरक्षण गर्नु पर्यावरणीय, आर्थिक र सामाजिक आवश्यकता मात्र होइन, यो भविष्यको कुरा हो।’

विश्व मौसम विज्ञान संगठनले ग्रीनल्याण्ड र अन्टार्कटिका टापुको बरफका साथै लगभग ७ लाख  वर्ग किलोमिटर क्षेत्रफल ओगटेको संसारमा २ लाख ७५ भन्दा बढी ग्लेशियरहरू छन्। तर जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र गतिमा खुम्चिरहेका छन् ।

‘सन् २०२४ लगातार तेस्रो वर्ष हुनेछ, जसमा सबै १९ ग्लेशियर क्षेत्रहरूमा क्षति भएको छ,’ डब्लुएमओले भन्यो। स्वीसस्थित वर्ल्ड ग्लेशियर मोनिटरिङ सर्भिस (डब्लुजीएमएस) को नयाँ तथ्याङ्कलाई उद्धृत गर्दै एजेन्सीले कुल ४५० अर्ब टन ग्लेशियर नष्ट भएको बताएको छ ।

‘२०२०– २०२४ सम्म हामीले रेकर्डमा तीन वर्षमा हिमनदीहरूको सबैभन्दा ठूलो क्षति देखेका छौं,’ साउलोले भने। गत वर्ष क्यानेडियन आर्कटिक र ग्रीनल्याण्ड हिमनदी जस्ता क्षेत्रमा हिमनदीमा कमी देखिएको थियो। तर स्क्यान्डिनेभिया, नर्वेको स्वालबार्ड द्वीपसमूह र उत्तरी एशियाका हिमनदीहरूले सबैभन्दा खराब वर्ष अनुभव गरेका थिए।

विश्व मौसम विज्ञान संगठनले हालको पग्लने दर अनुसार पश्चिमी क्यानडा र अमेरिका, स्क्यान्डिनेभिया, मध्य युरोप, काकेसस, न्यूजिल्याण्डका धेरै हिमनदीहरू ठूलो जोखिममा रहेको बताएको छ।

एजेन्सीका अनुसार बरफका टुक्राहरू र हिमनदीहरूले विश्वको ७० प्रतिशत पिउने पानीको स्रोत उपलब्ध गराएको छ र उच्च पहाडी क्षेत्रहरूले पानीको टावरजस्तै काम गरिरहेका छन । यदी तिनीहरू हराए भने यसले डाउन स्ट्रीममा बस्ने लाखौं मानिसहरूको लागि पानी आपूर्तिलाई खतरामा पार्न सक्ने अहिले नै देखिएको छ ।

‘हामीले ग्लोबल वार्मिङसँग लड्नु पर्छ, हामी अन्ततः धेरै कुराहरूमा सम्झौता गर्न सक्छौं तर बरफ पग्लिने कुरामा हामी सम्झौता गर्न सक्दैनौं,’ विश्व मौसम विज्ञान संगठनका पानी र क्रायोस्फेयर निर्देशक स्टेफान उहलेनब्रचले भने।

ग्लेशियरहरूको लागि पहिलो विश्व दिवस मनाउनको लागि डब्लुजीएमएसले एक अमेरिकी ग्लेशियरलाई वर्षको पहिलो ग्लेशियरको रूपमा नामाकरण गरिएको थियो । वाशिंगटनको साउथ क्यास्केड ग्लेशियरलाइ सन १९६२ देखि लगातार निगरानी गरिराखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले थुनियो पृथ्वी राजमार्ग, अर्को सूचना नआएसम्म सबै सवारी आवागमन बन्द

काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending