Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

विकास सँगै बिनाश सुके खोला र खोल्सा, जल संरक्षण गर्न कठिन हुँदै

ओखलढु‌गा र रामेछापकाे सिमानामा रहेकाे लिखु नदी, जाे पछिल्लाे दुई दशक देखि विकासका नाममा भएकाे विनाशका कारण हिउँदमा पानी कम हुन थालेकाे छ । तस्विरः मनाेज भट्टराई, प
खबरडबली संवाददाता

काठमाडौं । केही वर्षअघि सम्म पहाडमा हरेक खोला खोल्सीहरुमा सँदाबहार कलकल पानी बगी रहन्थ्यो । खोलावारी पारी सबैतिर हरीयाली भइरहन्थ्यो । तर, पछिल्लो दुईदशकमा यस्तो पाइन्न । हरीयाली भइरहने डाँडापाखाहरु सुख्खा भएका छन्, बार्हैमहिना हरीयाली देखिने पाहहरु सुख्खा, खैरा र उजाड देखिन थालेका छन् ।

खोला खोल्साहरु बर्खायममा उर्लेर बाढी आउने र अरू समय मरुभूमि बन्ने भएका कारण  आसपासमा खेती पनि सुक्न थालेका छन् ।  कतिपय स्थानमा विकासका नाममा जथाभावी डोजर चलाउँदा पानीका मुहान सुकेका छन् भने प्राकृतिक रुपमा ०७२ को महाभुकम्प पछि त अधिकांश स्थानका पानीका मुहान नै भासीएका छन् ।

केही वर्ष अघिसम्म काठमाडौँ उपत्यकामा काभ्रेपलान्चोकको पाँचखालाबाट ठुलो मात्रामा तरकारी ल्याइन्थ्यो । अहिले त्यो मात्रा घटेको छ । यसो हुनुमा त्यहाँको झिकु खोला सुक्नु नै मुख्य कारण देखिएको छ । जलाधारविज्ञ मधुकर उपाध्यायाका अनुसार करिब ४० देखि ५० वर्षअघि झिकु आसपास उत्पादन हुने धेरै तरकारी काठमाडौँ ल्याइन्थेँ । तर अहिले थोरै मात्रामा आइपुग्छन् । ‘खोलाको सिँचाइले प्रशस्त तरकारी फल्थ्यो, ५० देखि ६० प्रतिशत तरकारी काठमाडौँमा सोही क्षेत्रबाट आउँथ्यो,’ उनले भने, ‘त्यो खोला सुक्यो र सिँचाइ पनि हुँदैन । तर केही ठाउँमा भने हुने गरेको छ ।’

बाराको सिम्रौनगढ नगरपालिका–२ का सुनिल यादवको घरमा दुई वटा ट्युबवेल (चापाकल) छन् । ती दुवै चापकलमा फागुनदेखि असारसम्म अर्थात् बर्खा नलागेसम्म पानी आउँदैन । यो चार महिना मेसिन लगाउँदा अलिअलि पानी आउँछ । ‘पछिल्ला तीन–चार वर्षदेखि पानी बिस्तारै कम हुन थालेको छ । अहिले हामीलाई पानीको समस्या छ,’ चुरे तथा वन जंगल संरक्षण अभियानका अभियन्तासमेत रहेका यादव भन्छन्, ‘पानी सुकेका वेला नगरपालिकाले ट्यांकरमार्फत पानी बाँडेको पनि दुई वर्ष भयो ।’

जलाधारविज्ञ उपाध्यायाका अनुसार एक सरकारी अध्ययनले उच्च पहाडी क्षेत्रमा शतप्रतिशत खोल्सा सुकेको देखाएको छ । मध्यपहाडी क्षेत्रका ६५ देखि ७० प्रतिशत खोल्साहरू सुकेका देखाइएको छ । 

कैलालीमा पनि ५० प्रतिशत चापाकल सुकेका छन् । मधेश प्रदेशमा ३० प्रतिशत चापाकल सुकेका छन् । उनले भने, ‘मुलहरू सुकेका छन्, कुवाहरू सुकेका छन्, पश्चिम र पूर्वमा पानीका मूल तथा खोल्साहरू सुक्ने क्रममा छन् ।’

नेपालमा पहिलाझैँ झरी पर्न छोड्यो, पहिला हिउँदमा पानी पर्थ्यो, आजभोलि पर्दैन । हिउँदमा पानी नपरेको तीन वर्ष भएको उपाध्याया सुनाउँछन् । ‘नेपालको जलस्रोत प्राकृतिक वितरण बिग्रिएको छ, निकै परिवर्तन भएको छ,’ उनले भने, ‘साना खोला खोल्सीहरू सुकेका छन् । उच्च पहाडमा अझै बढी सुकेको छ भने तराई भेगमा भूमिगत पानी निकै तल गएका छन् ।’ यसो हुनुमा जलवायु परिवर्तन रहेको उनी बताउँछन् । 

पानीको मुख्य स्रोत भनेको बर्खा हो । उच्च र हिमाली भेगमा हिउँ हो । वर्षा र हिउँलाई प्रकृतिले रिजर्भ गरी वर्षभर नै पानी पुग्छ । तर पछिल्लो समय एकै पटक ठुलो वर्षा हुँदा जमिनले पानी लिन नसकिरहेको उपाध्याया बताउँछन् । यसले गर्दा पानी प्राप्त हुने मुहानहरू जस्तैः नदी, खोल्सा, खोला, मूलहरू सुक्दै गएका छन् । ‘बर्खाको पानी जमिनभित्र गएपछि मूलमा पानी आउने, खोलामा पानी आउने गर्छ । सानातिना खोल्सामा पानी हुन्छ । हाम्रो घरायसी प्रयोजनका लागि पानी आउने त्यही हो नि,’ उनले भने, ‘बर्खाको पानी जलस्रोत हो । खोल्सा, खोला, नदी, मूल त्यो पानीको मुहान हो ।’ 

नेपालमा पानीका मुहानमा पानी आउन नसक्नु ठुलो चुनौती बनेको छ । यसले जनजीवनलाई प्रत्यक्ष असर पारेको छ । खानेपानीको सकसका कारण बर्सेनि हजारौँको संख्यामा बसाइँसराइ हुन थालेका छन् । उत्पादन हुने क्षेत्रमा खेती नै हुन सकेको अवस्था छैन । सुक्खाका कारण जंगलमा आगलागी हुने समस्या देखापरेका छन् । 

वन्यजन्तु मासिनुका साथै वनमा हुने सूक्ष्म जीवाणुदेखि पर्यावरण असन्तुलनको समस्या देखा पर्न थालेको छ । साथै जंगली जन्तुहरू गाउँ पस्न थालेका छन् । 

यसरी सामाजिक र पर्यावरण नै खल्बलिएको उपाध्याया बताउँछन् । यस्ता समस्यालाई समाधान गर्न बर्खामा आएको पानी जमिनमा हाल्नुपर्ने उनी सुझाउँछन् । उनले भने, ‘यसलाई कसै पुनर्भरण भन्छ, कसैले रिचार्ज भन्छ ।’ 

नेपालमा जलसँग सम्बन्धित रणनीति, योजना, कार्यक्रम प्रायः जलवायु परिवर्तनका समस्या नहुँदादेखिका छन् । यसलाई समय सान्दर्भिक बनाउनुपर्ने उनको जोड छ । 

यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत विधेयक संघीय संसद्मा छलफल भइरहेको जनाएको छ । संसद्मा प्रस्ताव गरिएको विधेयकमा जलस्रोत उपयोगको प्राथमिकता निर्धारण, संरक्षण, दिगो व्यवस्थापनलगायत विषय समावेश गरिएको मन्त्रालयका प्रवक्ता सन्दिप देवले बताए ।

जलस्रोतलाई संरक्षण गर्न जमिनमा पानी पुनर्भरणको कार्यमा सरकार तथा सरोकार निकायले ध्यान दिनुपर्ने देखिएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले थुनियो पृथ्वी राजमार्ग, अर्को सूचना नआएसम्म सबै सवारी आवागमन बन्द

काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending