काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा नेपालबाट हुने निर्यात व्यापारमा उल्लेखनीय सुधार देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार निर्यात ५७ दशमलव २० प्रतिशतले वृद्धि भएको छ । समग्रमा नेपालको वैदेशिक व्यापारमा सुधार देखिए पनि व्यापार घाटा अझै चुनौतीपूर्ण रहेको छ । भटमास र सूर्यमुखी तेलको निर्यातले समग्र निर्यात वृद्धि गरेको छ ।
फागुन मसान्तसम्म भटमास र सूर्यमुखी तेलको निर्यातमा भारी वृद्धि भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ५५ अर्ब ९२ करोड ९४ लाख रुपियाँ बराबरको भटमास र सूर्यमुखी तेल निर्यात भएको छ, गत वर्ष सोही अवधिमा ९० करोड २८ लाख रुपियाँको मात्रै निर्यात भएको थियो ।
भारतले अन्य मुलुकबाट भित्रिने तेलमा भन्सार दर २७ प्रतिशत पु¥याएपछि नेपालबाट प्रशोधित तेल निर्यात उल्लेखनीय रूपमा वृद्धि भएको हो । नेपालले तेस्रो मुलुकबाट अर्धप्रशोधित भटमास र सूर्यमुखी तेलको तेल आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएको छ । साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपियाँ बराबरको वस्तु निर्यात भएको छ ।
गत वर्षको सोही अवधिमा १ खर्ब ६१ करोड ७४ लाख रुपियाँ बराबरको मात्रै निर्यात भएको थियो। विभागका अनुसार यस अवधिमा नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपियाँ बराबरको वस्तु आयात गरेको छ । गत आवको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपियाँ बराबरको वस्तु आयात भएको थियो, जसअनुसार कुल आयात ११ दशमलव २० प्रतिशतले वृद्धि भएको छ।
निर्यातसँगै आयात पनि वृद्धि हुँदा नेपालको व्यापार घाटा पनि बढ्दै गएको छ । चालू आवको आठ महिनासम्म कुल व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपियाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ६ दशमलव २२ प्रतिशतले बढी हो ।
भन्सार विभागका अनुसार भटमासको तेल, पोलिस्टर यार्न, चिया, अलैंची र पार्टिकल बोर्ड जस्ता वस्तुको निर्यात वृद्धि भएको छ भने पाम तेल, जिंक सिट, अदुवा, जडिबुटी र तयारी पोशाकको निर्यात घटेको छ ।
त्यस्तै आयाततर्फ भटमासको कच्चा तेल, चामल÷धान, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल र स्पन्ज आइरनको आयात बढेको छ । तर, पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाई जहाजको पार्टपुर्जा, केराउ तथा कागजको आयात घटेको छ । नेपालले सबैभन्दा बढी आयात गर्ने वस्तुमा डिजेल रहेको छ । आठ महिनामा ७८ अर्ब ८६ करोड रूपियाँ बराबरको डिजेल आयात भएको छ । मूल्यको हिसाबले गत वर्षको तुलनामा ११ प्रतिशतले कम भए पनि परिमाण भने बढेको छ ।
त्यस्तै ५१ अर्ब ३५ करोड बराबरको अर्धप्रशोधित भटमासको तेलको आयात भएको छ । सोही अवधिमा पेट्रोल ४२ अर्ब ८० करोड रूपैयाँ बराबरको र खाना पकाउने ग्यास ४१ अर्ब रूपियाँ बराबरको आयात भएको छ । यसैगरी चालू आवको आठ महिनामा नेपालमा १७ अर्ब ३९ करोड २१ लाख ५८ हजार रुपियाँ बराबरका १४ हजार ३०७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । गत वर्ष सोही अवधिमा १६ अर्ब ४९ करोड ५८ लाख ८५ हजार रुपियाँ बराबरका १३ हजार ७ थान आयात भएका थिए।
नेपालले सबैभन्दा धेरै विद्युतीय सवारीसाधन चीनबाट आयात गरेको छ। चीनबाट १३ अर्ब ७० करोड ३५ लाख ८४ हजार रुपियाँ बराबरका ११ हजार ५५० थान सवारीसाधन आयात भएका छन् । त्यस्तै भारतबाट ३ अर्ब ४५ करोड ४५ लाख ६३ हजार रुपैयाँको सवारीसाधन आयात भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...
श्रावण ९ गते, २०८३ - ०८:५५
काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...
श्रावण ९ गते, २०८३ - ०८:५२
हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...
श्रावण ९ गते, २०८३ - ०८:४६
वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय
श्रावण ९ गते, २०८३ - ०८:४०
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...
श्रावण ९ गते, २०८३ - ०८:३३
विराटनगर । व्यावसायिक कृषिलाई प्रोत्साहन गर्दै स्थानीय तहहरूले वर्षौंदेखि उपलब्ध गराउँदै आएको सिँचाइका लागि विद्युत् महसुल अनुदान संघीय सरकारको नयाँ न...
श्रावण ८ गते, २०८३ - २२:२२
काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...



प्रतिकृया लेख्नुहोस्: