Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रधानमन्त्री ओलीलाई किन भेट्न चाहँदैनन् प्रचण्ड ?

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक सम्पर्क गरे पनि भेट्न नसकेको गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिएको थियो । बैठकमा माओवादी केन्द्रका सांसद विमला सुवेदीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन् ।

‘मैले पटक–पटक सम्पर्क गर्न खोजें तर स्वास्थ्य समस्याका कारण उहाँसँग प्रत्यक्ष संवाद हुन सकेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, म निरन्तर प्रयासरत छु ।’

ओलीले यस्तो जवाफ दिए पनि प्रचण्डको स्वास्थ्य ठीक छ । अहिले उनी माओवादी केन्द्रद्वारा आयोजित हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी कार्यक्रमका लागि मधेशमा छन् ।

बिहीबार बाराको सिम्रौनगढ र कलैयामा आयोजित कार्यक्रममा प्रचण्ड दिनभर व्यस्त थिए । जनतासँग भेट्ने, उनीहरूको गुनासो सुन्ने र पार्टीलाई विस्तार गर्दै अगाडि बढ्ने योजनामा उनी पार्टीद्वारा आयोजित कार्यक्रममा छन् ।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो अघि बढाइने प्रधानमन्त्री ओलीले बताए ।

यस विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न प्रयास गरेको भए पनि सम्पर्क हुन नसकेको ओलीको भनाइ थियो । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु, यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु, मैले पटक–पटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा समस्या भएकाले सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु ।’

प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले भनेजस्तै प्रचण्डले के साँच्चै भेट्न नचाहेकै हुन् त ? स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भेट्न चाहेको तर प्रचण्डले भेट्न नचाहेको विषय साँचो हो ।

भेटघाटका छलफल गर्नका लागि ओलीले एमाले नेता अग्नि खरेललाई प्रचण्डसँग भेट गर्न पठाएका थिए । प्रचण्डले खरेलसँग भेटे पनि ओलीसँग भेट्ने चाहना आफ्नो नभएको जवाफ दिएका थिए । टीआरसीका ’boutमा छलफलका लागि प्रधानमन्त्री ओलीले भेट्न खोजेको खरेलले प्रचण्डसँग भनेका थिए ।

तर, प्रचण्डले आफू पार्टीको कार्यक्रमका लागि मधेश जान लागेकाले भेट्न नसकिने जवाफ दिएका थिए । गत मंगलबार काठमाडौंमै रहेका प्रचण्ड सोही दिन चितवन हुँदै बारा पुगेका थिए । प्रचण्डले चाहेको भए प्रधानमन्त्री ओलीलाई सोही दिन भेटेर मधेश जानसक्थे तर टीआरसीका ’boutमा नभई अन्य राजनीतिक विषयमा छलफलका लागि भेट्न खोजेको भन्दै प्रचण्डले भेट्न मानेनन् ।

स्रोतका अनुसार पछिल्लो समय प्रधानमन्त्री ओलीले सत्ता सहकार्यका लागि प्रचण्डलाई भेट्न खोजेका हुन् । टीआरसीका नाममा सत्ता सहकार्यका ’boutमा छलफल गर्न खोजेकाले प्रचण्डले ओलीलाई नभेटेको खुमलटार स्रोतको दाबी छ । कांग्रेससँग ओलीको सम्बन्ध चिसिँदै गएकाले ओलीले माओवादीसँग सत्ता सहकार्यका लागि छलफल गर्न खोजेका हुन् । 

तर, प्रचण्डलाई ओलीसँग सत्ता सहकार्यमा कुनै चासो नै नभएको दाबी गरिएको छ । प्रचण्डले ओलीलाई भेट्न नमानेपछि एमालेका अन्य नेताहरूसमेत भेटघाटका लागि आग्रह गर्न प्रचण्ड निवास खुमलटार पुगेका थिए । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending