Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

महायज्ञस्थल 'पवित्र' बनाउन दलित परिवारलाई उठीवास, माटोसमेत फालियो

खबरडबली संवाददाता

सिरहा । सिरहामा करिव २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एजना मलिक परिवारलाई जनप्रतिनिधिहरुले नै उठीवास गराएका छन्। पुर्व पश्चिम हुलाकी राजमार्ग अन्र्तगत औरही गाँउपालिका ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका (दलित) मलिक परिवारलाई औरही गाँपा अध्यक्ष शिवजी यादवले नै घर भत्काउन लगाएर विस्थापति गरेका हुन्। 

विगत लामौ समयदेखि सडक किनारमा बस्दै आएका दिपक मलिक (डोम) बस्ने नयाँ छाप्रो ठडीएको छ। त्यहि छाप्रो पनि दुईवटा कोठामा विभाजन गरिएको छ। कोठाका दुवै दैलोमा भगवान महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टासिएका छन्। तर, उनको आस्थाका भगवानले उलाई कहिल्यै रक्षा गर्न सकेन। 

उनका परीवारले पनि आस्थाका साथ मानिरहेका भगवानहरुको नाममा यहि चैत १७ गते देखि श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुँदैछ। दिपक त्यहि महायज्ञ स्थल नजीकै एउटा कुनामा सानो छाप्रोमा वस्दै आएका थिए। महायज्ञ लगाउने ठाँउ नजिकै छाप्रोमा बस्दै आएका अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते भत्काईएकाे थियाे । 

आयोजकले मलिकको घर मात्र भत्काइएन अछुतले छोएको माटो भनेर घर रहेको  स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ।

थातथलो भत्काएर मलिक परिवारलाई बिस्थापित गराइए पछि श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिव २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ। त्यहि घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दिपक श्रीमान श्रीमतीसहित सात जनाको परीवार वस्दै आएको थियो।

विगत २५ वर्षदेखि मलिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइ दिएको थियो। घर भत्काएर नयाँ ठाउँमा सारिदिएपछि पलिक परिवार विचल्लिमा परेका छन्। छाप्रो निर्माण भएपनि उनीसँग पानीको स्रोत छैन, विजुली बलिरहेको छैन। अनिताले भनिन, ‘घर पनि हाम्रै काठ पात र थोत्रो जस्ता हालेर घर ठ¥याइ दिएका छन्’। 

दिपकका श्रीमती अनिता मलिकले भनिन, ‘बर्षौंदेखि बस्दै आएको ठाउँबाट अहिले यहाँ सरिदिएको छ। साना नानीहरुसहित यहाँ बसिरहेको छु। विजुली छैन। पानी छैन। गाउँबाट पानी माँगेर एक महिनादेखि गुजारा गरिरहेको छु। विजुली नभएकाले दिउँदै खाना पकाएर खानुपर्ने बाध्यता छ। कष्टपूर्ण तवरले बाचिरहेको छु।’

पुनारनो वासस्थानबाट तिमीहरु हट्नु पर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्वर ५ का पूर्व वडाध्यक्ष दिलीप यादवले दबाब दिएको पीडित दीपककी पत्नी अनिता मलिकले बताइन्। यज्ञ लगाउने नाममा हामीलाई त्यहाँबाट हट्नु पर्छ भनेका थिए। तर, हामी श्रीमान श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काईयो। हामी निरीहले के प्रतिकार गर्न सक्नु।’
दीपक र अनिता मरिकको १७ वर्षिय छोरा अर्जुन र नवबिबाहिता बुहारी, १३ वर्षकी छोरी किरण कुमारी १० वर्षकी छोरी प्रीती र ८ वर्षय छोरा आकाश मरिक सहितको ७ जनाको जहान छ।


यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मलिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे। उनले भने त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेण्डर लागेको छ। त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ। त्यसकारण भत्काएको जिकिर गरे। 
यता विभिन्न डिमयाहरुमा समाचार सम्प्रेशन पश्चात आज स्थलगत निरिक्षणमा पुगेका जिल्ला प्रहरी कार्यालय प्रमुख रमेश पडिंतले तत्काललाई यो महायज्ञ रोक्न निर्देशन दिएको छ। उनले भने, ‘यो महायज्ञ विवादित भयो। अहिले तत्काललाई महायज्ञ रोक्न केन्द्रबाट नै निर्देशन आएको छ।’

महायज्ञका पुजारी बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध गरेको दलित अधिकारकर्मीहरु बताउँछन्। दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव माथि कानून बमोजिम कारवाही गर्न सरकारसँग माग गरेका छन्। यो घटनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगले समेत घटनाको छानविन गर्न अधिकारकर्मीहरुले माग गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको प्रमुख सचेतकमा दुलाल नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...

संसद्मा बादलको अभिव्यक्ति त्रुटिपूर्ण ठहर, पार्टीले सच्यायो धारणा

संसद्मा के भनेका थिए बादलले?

गोरखा बचत तथा ऋण सहकारीमा ४ अर्ब १२ करोड अपचलन आरोप, चार पक्राउ

काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...

रात्रिकालीन बससेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ ।    ललितपुरको...

विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग

काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...

रास्वपाले वाचापत्रको प्रतिबद्धता कार्यान्वयन कहिले गर्ने ?

वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर

हाँडीगाउँमा यसरी मनाइयो गहना खोज्ने जात्रा (तस्बिरहरू)

  काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...

गुणस्तरीय स्वास्थ्य सेवा सुधारका योजना बनाउँदै बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान

काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...

भेरी नदीमा डुबेका एसईई परीक्षार्थीको मृत्यु

सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...

'धनकी देवी' भनिने चिनियाँ महिला ठूलो क्रिप्टोकरेन्सी ठगि प्रकरणमा दोषी ठहर

काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending