Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८२ शुक्रबार | 18th April, 2025 Fri
Investment bank

महायज्ञस्थल 'पवित्र' बनाउन दलित परिवारलाई उठीवास, माटोसमेत फालियो

खबरडबली संवाददाता

सिरहा । सिरहामा करिव २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एजना मलिक परिवारलाई जनप्रतिनिधिहरुले नै उठीवास गराएका छन्। पुर्व पश्चिम हुलाकी राजमार्ग अन्र्तगत औरही गाँउपालिका ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका (दलित) मलिक परिवारलाई औरही गाँपा अध्यक्ष शिवजी यादवले नै घर भत्काउन लगाएर विस्थापति गरेका हुन्। 

विगत लामौ समयदेखि सडक किनारमा बस्दै आएका दिपक मलिक (डोम) बस्ने नयाँ छाप्रो ठडीएको छ। त्यहि छाप्रो पनि दुईवटा कोठामा विभाजन गरिएको छ। कोठाका दुवै दैलोमा भगवान महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टासिएका छन्। तर, उनको आस्थाका भगवानले उलाई कहिल्यै रक्षा गर्न सकेन। 

उनका परीवारले पनि आस्थाका साथ मानिरहेका भगवानहरुको नाममा यहि चैत १७ गते देखि श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुँदैछ। दिपक त्यहि महायज्ञ स्थल नजीकै एउटा कुनामा सानो छाप्रोमा वस्दै आएका थिए। महायज्ञ लगाउने ठाँउ नजिकै छाप्रोमा बस्दै आएका अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते भत्काईएकाे थियाे । 

आयोजकले मलिकको घर मात्र भत्काइएन अछुतले छोएको माटो भनेर घर रहेको  स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ।

थातथलो भत्काएर मलिक परिवारलाई बिस्थापित गराइए पछि श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिव २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ। त्यहि घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दिपक श्रीमान श्रीमतीसहित सात जनाको परीवार वस्दै आएको थियो।

विगत २५ वर्षदेखि मलिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइ दिएको थियो। घर भत्काएर नयाँ ठाउँमा सारिदिएपछि पलिक परिवार विचल्लिमा परेका छन्। छाप्रो निर्माण भएपनि उनीसँग पानीको स्रोत छैन, विजुली बलिरहेको छैन। अनिताले भनिन, ‘घर पनि हाम्रै काठ पात र थोत्रो जस्ता हालेर घर ठ¥याइ दिएका छन्’। 

दिपकका श्रीमती अनिता मलिकले भनिन, ‘बर्षौंदेखि बस्दै आएको ठाउँबाट अहिले यहाँ सरिदिएको छ। साना नानीहरुसहित यहाँ बसिरहेको छु। विजुली छैन। पानी छैन। गाउँबाट पानी माँगेर एक महिनादेखि गुजारा गरिरहेको छु। विजुली नभएकाले दिउँदै खाना पकाएर खानुपर्ने बाध्यता छ। कष्टपूर्ण तवरले बाचिरहेको छु।’

पुनारनो वासस्थानबाट तिमीहरु हट्नु पर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्वर ५ का पूर्व वडाध्यक्ष दिलीप यादवले दबाब दिएको पीडित दीपककी पत्नी अनिता मलिकले बताइन्। यज्ञ लगाउने नाममा हामीलाई त्यहाँबाट हट्नु पर्छ भनेका थिए। तर, हामी श्रीमान श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काईयो। हामी निरीहले के प्रतिकार गर्न सक्नु।’
दीपक र अनिता मरिकको १७ वर्षिय छोरा अर्जुन र नवबिबाहिता बुहारी, १३ वर्षकी छोरी किरण कुमारी १० वर्षकी छोरी प्रीती र ८ वर्षय छोरा आकाश मरिक सहितको ७ जनाको जहान छ।


यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मलिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे। उनले भने त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेण्डर लागेको छ। त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ। त्यसकारण भत्काएको जिकिर गरे। 
यता विभिन्न डिमयाहरुमा समाचार सम्प्रेशन पश्चात आज स्थलगत निरिक्षणमा पुगेका जिल्ला प्रहरी कार्यालय प्रमुख रमेश पडिंतले तत्काललाई यो महायज्ञ रोक्न निर्देशन दिएको छ। उनले भने, ‘यो महायज्ञ विवादित भयो। अहिले तत्काललाई महायज्ञ रोक्न केन्द्रबाट नै निर्देशन आएको छ।’

महायज्ञका पुजारी बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध गरेको दलित अधिकारकर्मीहरु बताउँछन्। दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव माथि कानून बमोजिम कारवाही गर्न सरकारसँग माग गरेका छन्। यो घटनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगले समेत घटनाको छानविन गर्न अधिकारकर्मीहरुले माग गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५२ किलो गाँजासहित मकवानपुरबाट एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ५२ किलो गाँजासहित एक  जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका ६ नयाँबस्तीस्थित ब्रमादेवी सामुदायिक वनबाट ५२ किलो लागु...

२५ जना सदस्यसहित नेपाल आईपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथावाचन गर्ने

काठमाडौं। प्रसिद्ध कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छन्। उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी हुन्। विश्व प्रसिद्ध कथा वाचिक...

७ दशकदेखि स्थानीय स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

धनकुटा । राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको सहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ । प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार...

प्रज्ञा–प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ४०–६० प्रतिशतसम्म छुट

काठमाडौँ । प्रज्ञा–प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ४० देखि ६०प्रतिशतसम्म छुट रहेको छ । बैशाख २ गते देखि सुरु भउको पुस्तक प्रदर्शनीमा उक्त छुट गरीएको ह...

दाउन्नेमा यात्रुलाई सास्ती, सवारी साधन घण्टौँ जाममा

नवलपुर ।  सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । बिहीबार अपराह्न र शुक्रबार बिहान वर्षा भएपछि दाउन्नेमा बाटो चिप्लो ...

१ लाख ९० हजार नाघेको सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा उच्च मूल्यको रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।  नेप...

मध्यराति गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु  । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ। बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थि...

पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने पत्रकार प्रहरी हिरासतमा

बारा । बारा जिल्लामा व्यापार व्यवसायी गर्ने व्यक्तिहरूलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने आरोपमा एक पत्रकारलाई बारा प्रहरीले पक्राउ गरे...

एमाले निकट भुतपूर्व सैनिक-प्रहरी संगठनको अध्यक्षमा पुनः पाण्डे निर्वाचित

काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा पुनः विनोद पाण्डे सर्वसहमत रूपमा  निर्वाचित भएका छन।  काठमाडौंमा बिहीब...

चार भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले चारजना भुटानी शरणार्थीलाई देश निकाला नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले बिहीबार अन्तरिम...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending