जनकपुरधाम । नक्कली बुवा बनेर भारतीय नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा सिरहा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नरहा गाउँपालिका ३ का अमानत मियाँ छन् । उनलाई मंगलबार पक्राउ गरेको सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले पुष्टि गरेका छन् । यो प्रकरणमा केही व्यक्ति फरार रहेको बताए ।
भारत विहार राज्यको मधुवनी जिल्ला जयनगर ग्रामपञ्चायत देउधा टोलका मोसताक मियाँले अमानतलाई बुवा बनाएर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता बनाएको समाचार नेपाल प्रेसले प्रकाशित गरेको थियो ।
मोसताकलाई नेपाली नागरिकता बनाइदिन नरहा गाउँपालिका(३ का वडाध्यक्ष रुस्तम अन्सारी र वडासचिव रामदेव मण्डलको पनि मिलेमतो रहेको स्थानीयको आरोप छ । स्थानीयले उनीहरूमाथि आर्थिक लेनदेन गरी भारतीयलाई नागरिकताका लागि सिफारिस गरेको आरोप लगाउँदै स्थानीयले जिल्ला प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।
उजुरी परेको लामो समयसम्म प्रशासनले अनुसन्धान तथा कारवाही अगाडी नबढाएपछि स्थानीयले नेपाल प्रेससँग सम्पर्क गरेका थिए । समाचार आएपछि जसपा नेपालका सांसद राजकिशोर यादवले सदनमा पनि कुरा उठाए ।
प्रहरीले बल्ल नक्कली बुवा बनेका अमानतलाई पक्राउ गरेको छ । तर, नागरिकताका लागि सिफारिस दिने वडाध्यक्ष र वडासचिवलाई प्रशासनले बचाउने खेलमा लागेको स्थानीयको आरोप छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - २१:५१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...
चैत्र २० गते, २०८२ - २१:४०
संसद्मा के भनेका थिए बादलले?
चैत्र २० गते, २०८२ - २१:३४
काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...
चैत्र २० गते, २०८२ - २१:०९
काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ । ललितपुरको...
चैत्र २० गते, २०८२ - २०:२८
काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...
चैत्र २० गते, २०८२ - २०:२१
वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर
चैत्र २० गते, २०८२ - १९:५१
काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...
चैत्र २० गते, २०८२ - १९:४५
काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...
चैत्र २० गते, २०८२ - १९:४३
सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...
चैत्र २० गते, २०८२ - १९:४०
काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...


प्रतिकृया लेख्नुहोस्: