विराटनगर । विराटनगरका दुई क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सभापति जितेको छ । गलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विराटनगरको डिग्री क्याम्पस र विराटनगर नर्सिङ क्याम्पसको नेतृत्व अखिल क्रान्तिकारीले जितेको हो।
डिग्री क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका प्रीतम साह निर्वाचित भएका छन्। एमाले निकट अनेरास्ववियुबाट एउटा सदस्यमा श्रुति घिमिरे निर्वाचित भएकी छन्।
त्यस्तै विराटनगर नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन्। नर्सिङ क्याम्पसको सचिवमा कांग्रेस निकट नेविसंघका सम्मान ढकाल निर्वाचित भएका छन्। कोषाध्यक्षमा एमाले निकट अनेरास्ववियुकी कृतिका कटुवाल निर्वाचित भएकी हुन्।
मोरङका ११ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको हो। जसमध्ये उर्लाबारी र पथरी बहुमुखी क्याम्पसमा मात्रै सर्वसम्मत भएको छ।
मोरङमा त्रिभुवन विश्वविद्यालयका ३ वटा आंगिक र ५ वटा सामुदायिक क्याम्पसमा मंगलबार स्ववियु निर्वाचन भएको थियो। बेलबारी क्याम्पसमा भने चैत ९ गते निर्वाचन हुनेछ।
मोरङकै सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन्। ओझाले २९९ मतान्तरका साथ नेविसंघका विजय ओझालाई पराजित गरेका हुन्।
एलिसले ९८५ मत प्राप्त गरे। पराजित बनेका विजयले ६८६ मत प्राप्त गरेको जनाइएको छ।
सुकुना क्याम्पसको कोषाध्यक्षमा भने नेविसंघका सविना थापा निर्वाचित भएकी छन्। बाँकी पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन। प्रत्यक्षतर्फका ८ र समानुपातिक १० सदस्यमा एलिसकै प्यानल निर्वाचित भएको हो।
३ हजार ६८२ जना विद्यार्थी मतदाता रहेको सुकुना क्याम्पसमा मंगलबार निर्वाचन सम्पन्न भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: