Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

विद्यालयमा छोराछोरी भर्ना गराउन शिक्षामन्त्रीलाई फोन

खबरडबली संवाददाता

काठमाडौं । फलानो स्कुलमा भर्ना गरिदिनुपर्‍यो भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई निकै फोन आउने गरेको छ। 

अहिले स्कुल भर्नाको मौसम हो। नयाँ विद्यार्थी भर्ना कार्य तीव्र छ। विशेष गरी नाम चलेका विद्यालयमा कक्षा १ मा नयाँ भर्ना गर्ने र त्यसमा सीमित सिट सङ्ख्या हुने हुँदा अभिभावक आफ्ना छोराछोरी ती स्कुलमा भर्ना हुन नसक्लान् कि भनेर तनावमा छन्। आफूलाई भनियो भने त्यहाँ भर्ना पक्का हुन्छ भन्ठानेरै फोन आउने गरेको मन्त्री भट्टराईले बताइन्। 

विशेष गरी नाम चलेका तर भर्ना पाउन कठिन भएका निजी, सामुदायिक तथा ट्रष्ट का स्कुलमा भर्ना गरिदिन यस्ता फोन आउने गरेको हो। पछिल्लो समय नाम चलेका सामुदायिक विद्यालयमा समेत भर्ना गर्न कठिन हुने गरेको छ। त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘पछिल्लो समय स्कुलले थेग्नै नसक्ने गरी विद्यार्थी भर्नाको चाप बढ्न थालेको छ। अभिभावकले फोन गरेर जसरी पनि नानीबाबुको नाम निकालिदिनु पर्‍यो भन्नुहुन्छ तर भर्ना हुन आएका सबैलाई भर्ना गराउने चाहना भए पनि सकेका छैनौँ।’

विद्यार्थी चाप थेग्न नसकेपछि ज्ञानोदय माध्यमिक विद्यालयलगायतले त कोड नम्बर प्रयोग गरेर प्रवेश परीक्षा सञ्चालन गर्न थालेका छन्। विगतमा माथिल्लो कक्षामा भर्नाका लागि मात्रै धेरै दबाब आउने गरेकामा पछिल्लो समय तल्ला कक्षादेखि नै विद्यार्थी भर्नाको चाप यस्ता विद्यालयमा देखिन थालेको छ। 

शिक्षा मन्त्रालयले मंगललबार उपत्यकाका त्यस्ता स्कुलका पदाधिकारीलाई बोलाएर छलफल गरेको छ। छलफलमा शिक्षामन्त्री भट्टराईले भनिन्, ‘यस्ता फोन आउनुहुन्न तर आइरहेका छन्। यसरी भनसुनका आधारमा भर्ना गर्नुहुँदैन। सबैलाई समान व्यवहार गर्नुपर्छ।’

ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल अमृत राईले भने, ‘मन्त्री, सचिव, ललितपुरका प्रमुख जिल्ला अधिकारी आदिको कोटा छ भनेर बजारभरि हल्ला छ। वास्तवमा कसैको पनि कोटा राखिएको छैन। कतिपयले चिट्ठा निकाल्दा हाम्रा छोराछोरीको नाम निकालिदिनू पनि भन्ने गरेका छन्।’ यो समाचार आजको गोरखापत्र दैनिकमा समाचार छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending