काठमाडौं । गृह प्रशासनको समेत नेतृत्व गरिरहेको प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसको गुटको लडाइँ क्याम्पसमा पुग्दा त्रिभुवन विश्वविद्यालय अन्तर्गत ६२ मध्ये १६ आंगिक क्याम्पसको स्ववियू निर्वाचन अवरुद्ध भएको छ ।
कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा संस्थापन पक्ष, डा.शेखर कोइराला पक्ष र महामन्त्री गगन थापा पक्षबीच विश्वविद्यालयमा प्रष्ट तीनधार देखिएको छ । अझ केन्द्रीय क्याम्पस कीर्तिपुरलगायत कतिपय क्याम्पसमा कृष्ण प्रसाद सिटौला गुट समेत निस्किएपछि स्ववियू निर्वाचन अवरुद्ध भएको हो ।
त्रिविका पदाधिकारीले नेविसंघकै विवादका कारण १६ वटा क्याम्पसमा निर्वाचन अवरुद्ध भएको र अरू केहीमा निहुँ खोज्ने प्रयास भइरहेको बताएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले भने उम्मेदवारीका कारण केही क्याम्पसमा विवाद भए पनि आफूहरूकै कारण ती क्याम्पसमा निर्वाचन अवरुद्ध नभएको दाबी गरे ।
शेर्पाले त्यसो भनिरहँदा महेन्द्र मोरङ क्याम्पसमा नेविसंघकै उनीविरोधी पक्षले पत्रकार सम्मेलन गरेरै निर्वाचन हुन नदिने बताएको छ । पद्मकन्या क्याम्पसमा बहालवाला स्ववियु सभापति ज्योति पनेरुकै नेतृत्वमा निर्वाचन अवरुद्ध बनाइएको थियो । यद्यपि त्यहाँ चैत ७ गते निर्वाचन हुने भएको छ ।
त्रिविले आइतबार सबै आंगिक क्याम्पसमा पत्राचार गरी निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । तर काठमाडौंको शंकरदेव, त्रिवि केन्द्रीय क्याम्पस, विश्वभाषा क्याम्पस, पब्लिक युथलगायतमा नेविसंघकै कारण निर्वाचन अवरुद्ध छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेविसंघको आन्तरिक विवादका कारण निर्वाचनमा असर परेको र स्ववियू निर्वाचन अवरुद्ध बन्न पुगेको बताए ।
निर्वाचन रोकिएका अधिकांश क्याम्पसमा नेविसंघकै कारण प्रक्रिया अघि नबढेको अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले बताए ।
नेपाल ल क्याम्पस र सानो ठिमी क्याम्पसमा नेविसंघले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गरेका छन् भने सरस्वती क्याम्पस लैनचौरमा भने नेकपा एसनिकट अनेरास्ववियूले तालाबन्दी गरेको बताइएको छ ।
उपत्यकाबाहिरका सिद्धनाथ क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, तेह्रथुम क्याम्पस, रारा बहुमुखी क्याम्पस, महेन्द्र मोरङ क्याम्पस र वीरेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन अवरुद्ध छ । यीमध्ये अधिकांश क्याम्पसमा पनि नेविसंघकै कारण निर्वाचन प्रक्रिया अघि नबढेको अन्य संगठनको आरोप छ ।
विद्यार्थी संगठनहरु आफैँ विवाद गर्ने र आन्तरिक विवाद मिलाउन नसक्दा चुनाव प्रक्रिया अवरुद्ध बनेको त्रिविका रेक्टर डा.खड्ग केसीले बताए । पार्टीका आन्तरिक विवादमा विश्वविद्यालय प्रवेश गर्न नमिल्ने भएकाले विद्यार्थीहरू नै मिलेर आउनुपर्ने उनको भनाइ रहेको छ ।
चैत ५ गते निर्धारित मितिमा निर्वाचन हुन नसकेका क्याम्पसमा एक साताभित्र सहमतिमा निर्वाचन हुनेगरी छलफल भइरहेको केसीले बताए । चैत २० गतेभित्र निर्वाचन नभए ती क्याम्पसमा स्ववियू विघटन हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - २१:५१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...
चैत्र २० गते, २०८२ - २१:४०
संसद्मा के भनेका थिए बादलले?
चैत्र २० गते, २०८२ - २१:३४
काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...
चैत्र २० गते, २०८२ - २१:०९
काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ । ललितपुरको...
चैत्र २० गते, २०८२ - २०:२८
काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...
चैत्र २० गते, २०८२ - २०:२१
वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर
चैत्र २० गते, २०८२ - १९:५१
काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...
चैत्र २० गते, २०८२ - १९:४५
काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...
चैत्र २० गते, २०८२ - १९:४३
सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...
चैत्र २० गते, २०८२ - १९:४०
काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...


प्रतिकृया लेख्नुहोस्: