काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गरेका छन्।
शनिबार ललितपुरमा आयोजित बृहत्त शैक्षिक सम्मान कार्यक्रममा अध्यक्ष दाहालले पञ्चायतकालीन ऐनबाट निर्देशित हुनुपर्दा परिवर्तित सन्दर्भका समस्या समाधान हुन नसकेको भन्दै विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गरेका हुन्।
जनताका सम्पूर्ण मौलिक हक अधिकार उपभोग गर्नका लागि सहज वातावरण बनाउन चाहिने कयौं ऐन कानुन बन्न नसको अवस्थामा संघीय संसदको चालू अधिवेशनबाट आवश्यक विधेयक पारित हुने उनले बताए।
उनले शैक्षिक क्षेत्रबाट उत्पादित दक्ष जनशक्तिले नै मुलुकको समग्र विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिन उपयुक्त वातावरण निर्माण गर्नु सवैको दायित्व भएको धारणा राखे।
मुलकमा व्यवस्था परिवर्तन भए पनि महसुस हुने गरि जनताको जीवनस्तरमा रुपान्तरण हुन नसकेको अवस्थामा जनताले खोजेको खासमा शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धिका गम्भीर बन्नुपर्ने उनले बताए।
दाहालले जनतामा बढिरहेको निरासामाथि खेल्दै परिवर्तनविरोधी र पश्चगामी शक्तिहरुले फेरि टाउको उठाउने र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि नै धावा बोल्ने षड्यन्त्रप्रति पनि सवै सचेत हुनुपर्ने धारणा राखे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - २१:५१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...
चैत्र २० गते, २०८२ - २१:४०
संसद्मा के भनेका थिए बादलले?
चैत्र २० गते, २०८२ - २१:३४
काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...
चैत्र २० गते, २०८२ - २१:०९
काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ । ललितपुरको...
चैत्र २० गते, २०८२ - २०:२८
काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...
चैत्र २० गते, २०८२ - २०:२१
वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर
चैत्र २० गते, २०८२ - १९:५१
काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...
चैत्र २० गते, २०८२ - १९:४५
काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...
चैत्र २० गते, २०८२ - १९:४३
सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...
चैत्र २० गते, २०८२ - १९:४०
काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...


प्रतिकृया लेख्नुहोस्: