बाँके । बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् भने प्रहरी टोलीले ५० जनालाई नियन्त्रणमा लिएको छ। डुडुवास्थित जयेन्दु बालसुधार गृहमा गएराति झडप भएको हो ।
झडपमा ६ जना बालबन्दी घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी)दीपक पातलीले बताए । डीएसपी पातलीका अनुसार, गएराति दुई समूहबीच झडप भएको थियो। एउटा समूहले अर्को समूहका बालबन्दीलाई नियन्त्रणमा राखेको थियो। उनीहरूलाई बाहिर निस्किन दिएको थिएन।
प्रहरी टोली भित्र जान खोजेपछि ढुंगामुडा गरिएको थियो। उनीहरू आगजनी गरेका थिए। ढुंगामुडा प्रहारबाट केही प्रहरी घाइते भएको डीएसपी पातलीले बताए।
लामो समयको कसरतपछि शनिबार अपराह्न बालसुधार गृहभित्र प्रवेश गर्न सकिएको उनले बताए। त्यस्तै, एउटा समूहको नियन्त्रणमा रहेका अर्को समूहका बालबन्दीलाई पनि मुक्त गरिएको डीएसपी पातलीले जानकारी दिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बालसुधार गृहभित्र प्रवेश गरेको छ। प्रहरी टोलीले ५० जना बालबन्दीलाई नियन्त्रणमा लिएको छ। “बालसुधार गृहभित्र प्रवेश गर्न सफल भएका छौं, ५० जनालाई नियन्त्रणमा लिएका छौं,” डीएसपी पातलीले हिमालखबरसँग भने, “भित्र आगजनी गरिएको छ। दमकलको सहायताले आगो निभाएका छौं।”
एउटा समूहको कुटपिटबाट घाइते भएका अर्को समूहका बालबन्दीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएको छ। उनीहरूको उपचार भइरहेको अस्पतालले जनाएको छ। गएराति डेढ बजे घाइतलाई उद्धार गरेर अस्पताल पुर्याइएको थियो।
यो बालसुधार गृहमा गत वर्ष पनि झडप भएको थियो। बालसुधार गृहमा २५० बालबन्दी रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - २१:५१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...
चैत्र २० गते, २०८२ - २१:४०
संसद्मा के भनेका थिए बादलले?
चैत्र २० गते, २०८२ - २१:३४
काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...
चैत्र २० गते, २०८२ - २१:०९
काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ । ललितपुरको...
चैत्र २० गते, २०८२ - २०:२८
काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...
चैत्र २० गते, २०८२ - २०:२१
वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर
चैत्र २० गते, २०८२ - १९:५१
काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...
चैत्र २० गते, २०८२ - १९:४५
काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...
चैत्र २० गते, २०८२ - १९:४३
सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...
चैत्र २० गते, २०८२ - १९:४०
काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...


प्रतिकृया लेख्नुहोस्: