काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले शुभारम्भ गरेकी हुन् ।
उनले पहिलो पटक आयोजना गरिएको शिक्षकहरुको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरिन् । प्रतियोगिताले शिक्षकहरूबीच आत्मीयता, सहकार्य र समझदारी बढाउँदै विद्यालय र समुदायमा सामूहिक भावना बलियो बनाउनेमा उहाँले विश्वास व्यक्त गरिन् ।
खेलकुदले स्वस्थ प्रतिस्पर्धा, अनुशासन, धैर्यता र परिश्रमको महत्व सिकाउने र यो विद्यार्थीका लागि पनि प्रेरणादायी हुने उनको भनाइ थियो । प्रतियोगिताले सकारात्मक सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । “शिक्षकहरू पठनपाठनमा मात्रै सीमित छैनन् खेलकुद, नेतृत्व, र सामूहिक कार्यमा पनि अब्बल छन् भन्ने प्रतियोगिताले पुष्टि गर्छ”, उनले भनिन् ।
प्रतियोगितामा कमलामाई नगरका ११ वटा टोली सहभागी भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगरसमितिका अध्यक्ष दीपककुमार बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनले रु १० हजारका साथै पदक प्रदान गरिनेछ ।
प्रतियोगिताले विद्यार्थीलाई खेलप्रति आकर्षित गर्ने र खेल संस्कृतिको विकास गर्ने उहाँको भनाइ थियो । प्रतियोगिता सञ्चालनपछि विद्यालयस्तरमा खेल पूर्वाधारको विकास हुने आयोजकको अपेक्षा रहेको उहाँले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - २१:५१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ । सिन्धुपाल्चो...
चैत्र २० गते, २०८२ - २१:४०
संसद्मा के भनेका थिए बादलले?
चैत्र २० गते, २०८२ - २१:३४
काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाक...
चैत्र २० गते, २०८२ - २१:०९
काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ । ललितपुरको...
चैत्र २० गते, २०८२ - २०:२८
काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...
चैत्र २० गते, २०८२ - २०:२१
वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर
चैत्र २० गते, २०८२ - १९:५१
काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...
चैत्र २० गते, २०८२ - १९:४५
काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...
चैत्र २० गते, २०८२ - १९:४३
सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...
चैत्र २० गते, २०८२ - १९:४०
काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...


प्रतिकृया लेख्नुहोस्: