काठमाडौँ । आफ्नो ६०औं जन्मदिन आज मनाउदै गरेका बलिवुड अभिनेता आमिर खान फेरी प्रेममा परेका छन् । जन्मदिनकै अवसरमा आमिरले आफ्नी प्रेमिका गौरी स्प्रेटको बारेमा मिडियामा खुलासा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
आमिरले आफ्ना दुई पूर्वपत्नीहरू, रीना दत्ता र किरण रावसँग राम्रो सम्बन्ध राख्छन् र सम्बन्ध विच्छेद पछि पनि परिवार जस्तै सम्बन्धमा रहेका छन् । अब, उनी तेस्रो पटक बेंगलुरुको गौरी स्प्रेटसँग प्रेममा परेका छन् । बलिउडका मिस्टर परफेक्शनिस्टको छबि बनाएका आमिर खानले आफूलाई एक्लै बस्न मन नपर्ने र अब उनी गौरीसँग खुसी भएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका थिए ।
गौरीको बारेमा उनले पाँच विशेष कुरा भनेका छन् । पहिलो कुरा, गौरी बेंगलुरुकी बासिन्दा हुन् र कपाल काट्ने व्यवसाय गर्छिन् । दोस्रो, उनी आमिरको प्रोडक्सन हाउसमा पनि काम गर्छिन् । तेस्रो, आमिरसँगको उनको मित्रता २५ वर्ष पुरानो हो, तर उनीहरूको सम्बन्ध विगत १८ महिना देखिको छ । चौथो, गौरी विवाहित छिन् र उनको छ वर्षको छोरा छ । पाँचौं, उनको मूल तमिल र आयरिश दुवै हो ।
रिपोर्ट अनुसार, आमिरले उनी र गौरीबीच २५ वर्ष अघि भेट भएको बताएका छन् तर पछि सम्पर्क टुटेको थियो । अब उनीहरू फेरि भेटेका छन् र सँगै छन् ।
उनले गौरीलाई फिल्म उद्योगको दुनियाँको लागि तयार पारिरहेको र उनको सुरक्षाको लागि व्यक्तिगत गार्ड पनि राखेको बताए । आमिरले गत बुधबार गौरीलाई आफ्ना साथी शाहरुख खान र सलमान खानसँग पनि परिचय गराएको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: