Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रचण्डलाई ओलीको जवाफ- हामी कसैप्रति बदलाभाव राख्दैनौं, जथाभावी बोल्दै नहिँड्नू

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक हिसाबले अस्थिरता, अन्योल, स्टन्टबाजी, जनतालाई धोका, भ्रम, अन्योल दिएकाले कांग्रेससँग मिल्नु परेको बताएका छन्। 

एक अन्तर्वार्तामा उनले भनेका भनेका छन्

एउटा भनाइ छ ‘जो केहो उसकै ठूलो स्वर’ भन्ने, त्यस्तो अवस्थाबाट राजनीतिलाई स्थिरतामा लानुपर्ने अवस्था आयो। त्यसैअनुसार हामीले काम गरेका छौं। कांग्रेस र एमालेको वर्तमान गठबन्धन सरकारले आठ महिनामा गइरहेको पहिरो रोक्ने, भत्किएका ठाउँहरूलाई सच्याउने, स्पष्ट सुशासन र विकासको बाटोमा देशलाई अगाडि बढाउने काम गरेको छ।

यसबीचमा सरकारको आलोचना गर्ने कुनै ठाउँ भएन। त्यसले विपक्षीहरू अत्यन्तै हडबडाएका छन्। आलोचना गर्ने ठाउँ नभएपछि गालीगलौजमा उत्रिएका छन्। देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टामा जसरी उनीहरूलागेका थिए त्यो यो सरकार बनेसँगै तुहिएको छ। त्यसो भएपछि विपक्षीहरू छटपटिएका छन् भने आक्रोश, चिन्ता र कुण्ठाहरूबाट समेत ग्रस्त भएका छन्। अहिले देश अगाडि बढ्दैछ। उपलब्धिका साथ देश अगाडि बढिरहेको छ। हामी निराश हैन, आशावादी छौं। देश अगाडि बढ्छ र बढाउन सकिन्छ। हामी समाधान दिन सक्छौं। 

प्रचण्डजी छट्पटिनुमा दुइटा कारण हुन सक्छन्। एउटा सत्ता बाहिर भएर, अर्को आफ्ना कामकारबाहीको छानबिन होला कि भन्ने त्रासमा। हामी विगतमुखीभन्दा आगामी दिनतिर केन्द्रित छौं। प्रतिशोधभन्दा विगतका कमजोरी सच्याएर देशलाई अगाडि लैजान चाहन्छौं। हामी कसैप्रति बदलाभाव राख्दैनौं। हामी विगत बिर्सनु हुँदैन तर माफी गर्न सकिन्छ भन्ने मान्यताबाट अघि बढ्न चाहन्छौं। बिर्सियो भने फेरि त्यही कुरा दोहोरिन्छ। मेरो एउटा मात्र आग्रह छ– प्रचण्डजीले जथाभावी बोल्दै नहिँडे हुने हो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending