Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

होलीमय मिथिला

फाइल फोटो
खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु पर्दैन । माघ शुक्ल पञ्चमीदेखि नै रङ अबिर खुल्छ तर परिवेश नै होलीमय चाहिँ १५ दिने मिथिला मध्यमा परिक्रमा आठौँ दिन महोत्तरीको कञ्चनवन पुगेपछि सुरु हुन्छ । 

त्यसयता दिनहुँ मिथिलामा होली समारोह हुन्छन् । दिनदिनै होली उत्सव । जता हे¥यो होलीको रौनक । होलीको रमाइलो जोडिएर नै फागुनलाई यहाँ गवैया (गायक) ले ‘मस्त महिना अरे फागुनका’ भन्ने गरेका पाका मैथिल बताउँछन् ।

“हिन्दू  मैथिल परम्परामा फागुन विवाहको बाक्लै लगन (लग्न) भएको महिना हुन्छ, रङअबिरमा रमाउन पाइने हुँदा धेरैजसो मैथिल फागुनकै बिहे रोज्छन्”, बर्दिबास–९ पशुपतिनगरका अगुवा सामाजिक ७० वर्षीय विसुनदेव महतो भन्छन्, “त्यसैले अधिकांश जोडी बाँधिनेहरू फागुन पर्खन्छन् ।”

मधेसमा होली फागुन पूर्णिमाको भोलिपल्ट भनिए पनि मिथिला क्षेत्रका अनेकानेक परम्पराले यो पनि कहिलेकाहीँ तीन दिनसम्म चल्छ । पूर्णिमाका दिन फागु खेल्ने पर्वते परम्पराले मिश्रित बस्तीमा आजै होलीको धूम सुरु हुँदैछ । महोत्तरीका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिकामा आज होली पर्वविशेषका कैयौँ मनोरञ्जनात्मक कार्यक्रमको तयारी छ । पर्वते र मधेसीमूलका बाहुल्य बस्तीमा आज होली धुमधाम साथ मनाउने तयारी छ ।

“होली लाग्यो, आज साथीहरूसँग मज्जाले खेल्ने र ‘मटकाफोर’ कार्यक्रममा सहभागी हुने योजना छ”, बर्दिबास–२ ॐशान्तिचोककी २० वर्षीया कृति महतो भन्छन्, “बुरा नमानो होली है ।”

पर्वते मूलका साथीसँगको रमाएपछि मधेसी बाहुल्य बस्तीमा भने पूर्णिमाको होली शुक्रबार धुमधामसँग हुनेछ ।  यसैगरी, मिथिला माध्यमिकी परिक्रमाको १६औं दिन बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा घुमिने र सोको भोलिपल्ट परिक्रमा पथभित्र होली पर्व मनाउने परम्पराले पर्सि शनिबार पनि यहाँको होली छ । 

मध्यमा परिक्रमाको १५औं दिन आज यात्री अन्तिम बासका लागि जनकपुर जानेछन् । भोलि शुक्रबार अन्तरगृह परिक्रमा हुनेछ । तिथिको भोग घटबढ र परिक्रमा तालिकाले यस्तो पर्ने गरेको भङ्गाहा–९ कञ्चनवनका शिक्षक नागेन्द्र यादव बताउँछन् । 

अन्तरगृह परिक्रमाका दिनसम्म सात्विक भोजन र ब्रह्मचर्यमा रहने व्रतले यहाँ होली परम्परा त्यसको भोलिपल्ट मनाइने चलन बसेको जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डलको कथन छ । 

होलीसँग जोडिएका फरकफरक परम्पराले यहाँ धेरैजसो तीन दिन होली पर्व पर्ने गरेको लोहारपट्टि–६ का ८० वर्षीय चन्देश्वर मण्डल बताउँछन् । आपसी घुलमिलले पर्वते र मधेसी मिसिएर पर्व मनाउँदा भावनात्मक एकताको सन्देश प्रवाह हुने हुँदा यसले सकारात्मक प्रभाव नै छाड्ने उनको ठम्याइ छ । 

यद्यपि पर्वमा उच्छृङ्खलता प्रवेश हुन नदिन सचेतता अप्नाउन जरुरी रहेको भङ्गाहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहको भनाइ छ । यसैबीच, होली पर्वलाई दृष्टिगत गरी मधेसका सबै जिल्लामा स्थानीय प्रशासनले पर्व मर्यादित र उल्लासपूर्वक मनाउन सार्वजनिक अपिल गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending