महोत्तरी । मधेश प्रदेशका एक हजार भन्दा बढी सहभागी संस्थागत र सामुदायिक विद्यालयका छात्र-छात्राहरुको प्रदेशस्तरिय हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । पर्सा देखि सप्तरीसम्मका ५ हजार भन्दा बढी प्रतियोगी सहभागी भएको उक्त प्रतियोगिताको नतिजा आइतबार एक समारोहका विच सार्वजनिक गरिएको हो ।
कनेक्ट एजुकेसन सेन्टर काठमाण्डौले मंसिरको पहिलो हप्तादेखी सुरु गरेको प्रतियोगितामा विजेतालाई २० हजार नगद पुरुस्कार र उपविजेतालाई १० हजार नगद पुरुस्कार समेत हस्तान्तरण गरिएको छ । एजुकेसन सेन्टरका निर्देशक विक्रम सिंह धामीका अनुसार प्रतियोगितालाई प्रथम, दोश्रो र तेश्रो तहमा विभाजन गरिएको थियो ।
प्रथम तहमा कक्षा -२ देखि ४ सम्म, दोश्रो तहमा कक्षा-५ देखि ७ सम्म, तेश्रो तहमा कक्षा-८ देखि १० कक्षासम्म विभाजन गरिएको निर्देशक धामीले जानकारी दिए । प्रथम तहको विजेता ग्लोवल एकेडेमी बर्दिवास र उपविजेता हिमाली स्कुल जनकपुर वनेको छ । ग्लोवल एकेडेमीमा अध्यणरत रिया बम्जन विजेता र हिमाली स्कुलमा अध्यणरत रितिका चौधरी उपविजेता वनेको आयोजक पक्षले जनाएको छ ।
त्यस्तै दोश्रो तहको विजेता साउथ जोन विध्यालय बिरगंजमा अध्यणरत नितेश गौरव वनेका छन । उपविजेता भने लालीगुरास स्कुल सर्लाहीमा अध्यणरत अनित साहले हात पारेको कनेक्ट एजुकेसन सेन्टरका कार्यक्रम संयोजक देवेन्द्र आचार्यले जानकारी दिए ।
तेस्रो तहको विजेता भने बाराको जितपुर पब्लिक स्कुल वनेको छ । पायल रौनियारको उत्कृष्ट हस्तलेखनले पब्लिक स्कुललाई तेस्रो तहको विजेता वनाएको छ । त्यस्तै अंशु खनालले उपविजेता भने बाल निकेतन चन्द्रपुर रौतहटलाई दिलाएका छन ।
छनोटको अन्तिम चरण सम्बन्धित पालिकामा गरिएको र पालिकावाट उत्कृष्ट वनेका प्रतियोगीहरुलाई चरण-चरणमा जिल्ला हुँदै प्रदेशमा लगिएको आयोजक पक्षले जनाएको छ । विजेता, उपविजेता र सहभागीहरुलाई प्रमाणपत्र, मेडल र नगद हस्तान्तरण गर्दै मधेश प्रदेशका संस्कृति तथा शिक्षा मन्त्री रानी सर्माले कम्प्युटर तथा प्रविधिले विद्यार्थीहरुलाई अल्छी वनाईरहेको वेला हस्तलेखन प्रतियोगिता मधेशमा फरक भएको वताईन ।
यस्ले लेखनमा अभिरुचि जगाउनुको साथै परीक्षा तथा अन्य लेखन क्रियाकलापहरुमा यस्ता प्रतियोगिता उपयोगी सावित वन्ने मन्त्री सर्माको भनाई छ । महोत्तरीको बर्दिवासमा भएको कार्यक्रममा महोत्तरी क्षेत्र क कि प्रदेशसभा सदस्य सारदादेवी थापा, बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - ०९:५६
अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...
जेष्ठ २२ गते, २०८३ - ०९:४७
काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...
जेष्ठ २२ गते, २०८३ - ०९:४०
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...
जेष्ठ २२ गते, २०८३ - ०९:३८
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...
जेष्ठ २२ गते, २०८३ - ०९:२९
चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...
जेष्ठ २२ गते, २०८३ - ०९:२५
काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...
जेष्ठ २२ गते, २०८३ - ०९:२२
नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...
जेष्ठ २२ गते, २०८३ - ०९:१७
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...
जेष्ठ २२ गते, २०८३ - ०९:१२
चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । जिल्ला कारागारका प्रमुख रवीन्द्र...
जेष्ठ २२ गते, २०८३ - ०९:०५
काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...



प्रतिकृया लेख्नुहोस्: