Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

कागज उद्योगमा रमाउँदै पासाङ

खबरडबली संवाददाता

गोरखा । भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँड्नुभएका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाए । घरमा चौँरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्किएका उनलाई के काम पाइन्छ र के गर्ने भन्ने टुङ्गो थिएन ।

हाते कागज उद्योगमा काम छाडेर फेरि कामकै खोजीमा उनी बाजुरा पुगे । पासाङले बाजुरामा काम त पाए तर त्यहाँ पनि हाते कागज उद्योगमै । केही समयमा बाजुरा छोडेर सुर्खेत गएका उनी फेरी कागज उद्योगमै पुगे ।

“त्यो उद्योगमा काम जानेको मान्छे अरू रहेनछ, उद्योगले मान्छे खोजी रहेका बेला म पुगेँ, बसौँ भन्यो त्यहाँ पनि डेढ वर्ष जति काम गरेँ”, विगत सम्झँदै उनले भने । २२ वर्षअघि गोरखा र लम्जुङको सिमानामा रहेको चेपेखोलामा आफ्न्तले चलाएको उद्योगमा आएर छ वर्ष जति काम गरेपछि आफैलाई उद्योग आफै चलाउने हिम्मत आयो । 

करिब पाँच लाख रूपैयाँ ऋण खोजेर हाते कागज उद्योग चलाउन सुरु गरे । “अहिले वार्षिक १५ देखि २० लाखसम्म कारोबार हुन्छ,” उनले भने, “नियमित पाँच जनालाई रोजगारी दिएको छु, सिजनमा कच्चा पदार्थ (लोक्ता) काढ्ने थुप्रै हुन्छन् ।”

चैत–वैशाखमा सयजना जतिले लोक्ता काढ्ने गरेको उनी बताउँछन् । “पुर्जी बनाएर पठाइदिएपछि धार्चे, चुमनुब्री, अजिरकोटलगायतका क्षेत्रमा सङ्कलन गरिएको लोक्ता मजदुरले उद्योगमा ल्याउँछन्, पासाङले भने, “उनीहरूले पनि प्रतिकिलो रु १५० भन्दा बढी बुझेर फर्कन्छन् ।”

गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा पासाङले सञ्चालन गरेको गोरखा मनकामना नेपाली हाते कागज उद्योगबाट उत्पादित नेपाली कागजको बजारमा माग धेरै छ । “धेरैजसो त कागज लिन उद्योगमै आइपुग्छन्, कहिले त पहिले पैसा पठाइदिन्छन् अनि मलाई यति सामान चाहियो भन्छन्, त्यसपछि म यहाँबाट कागज पठाइदिने गरेको छु”, पासाङले भने । 

जग्गा भाडामा लिएर उनले उद्योग सञ्चालन गर्दै आएका छन् । पासङको उद्योगमा वार्षिक १० देखि २० ‘टन’ कागज उत्पादन हुने गर्दछ । उत्पादित नेपाली हाते कागज चार किलोको रु तीन हजार ५०० सम्ममा बिक्री हुन्छ । “बजारको मागअनुसार पुर्‍याउन अझै सकेको छैन, पासाङले भने, “कच्चा पदार्थ राम्रो पाइने हुँदा गोरखामा उत्पादित नेपाली कागज अन्य ठाउँको तुलनामा राम्रो र छिटो नगल्ने भएकाले पनि माग बढी भएको हो ।”

पासाङको उद्योगमा अहिले २० देखि ६० ग्राम तौलसम्मका नेपाली कागज उत्पादन हुँदै आएको छ । उद्योग चलाएर उनले दुईवटा छोरीलाई पढ्नै लागि विदेश पठाएका छन् । साना तथा घरेलु उद्योगलाई स्थानीय सरकारले पनि सहयोग गरेमा अझै सजिलो हुने उनी बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थाले, परिचय खुल्ने कागजसहित एक हजार चाहिने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...

रविको भर पर्दा कुलमान न घरको न घाटको भए, अब बालेनको पालो : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...

कांग्रेस महामन्त्रीद्वय भन्छन्- विशेष महाधिवेशनले पार्टी संगठन झन् बलियो हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...

आजको मौसम पूर्वानुमान : तराई/मधेसमा कुहिरो

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

कांग्रेस विशेष महाधिवेशन कति वैधानिक ?

काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...

कुलमानले सहमतिभन्दा अतिरिक्त मागेपछि भाँडियो रास्वपासँगको एकता

काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...

चुनावअघि नै सुशासन मार्गचित्र ल्याउने सरकारको प्रयास, समितिलाई भ्रष्टाचार-लक्षित तीन कार्यादेश

काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर

बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending