Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

राजावादीविरुद्व दलहरुको एकैस्वर- हुकुम प्रमाङ्गीबाट शासन चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न

खबरडबली संवाददाता

काठमाडौँ । सङ्घीय संसद‍्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूले नेपालमा राजतन्त्रको पुनरागमन असम्भव भएकाले त्यसका पछाडि नलाग्न आग्रह गरेका छन् ।  

नेपालमा राजतन्त्र इतिहासको विषय भइसकेकाले राजा फर्काउने सपना नदेख्न सुझाव दिँदै उनीहरुले इतिहासमा सीमित भइसकेको विषयवस्तुलाई शासन व्यवस्था परिवर्तनसँगै दाँज्ने कार्य नचिताउन सुझाव दिए ।

–श्यामकुमार घिमिरे, प्रमुख सचेतक नेपाली कांग्रेस 

संविधानतः नागरिक भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिककै हैसियतले आउँदा–जाँदा समर्थक र शुभेच्छुकले स्वागत, सत्कार र अभिवादन गर्ने कार्यलाई सामान्य रूपले लिइनुपर्छ । त्यसलाई सम्मान गर्नुपर्छ । तर अहिले सडकमा भइरहेका गतिविधि राजगद्दीमा बसाल्ने ध्येयले पूर्वराजालाई फर्काउने अभियान हो भने त्यो आपत्तिजनक छ, पाच्य हुन सक्दैन । 

राजतन्त्र इतिहासको विषय बनिसक्यो । अब फेरि सत्तामा फर्किने र राजतन्त्र ब्युँताउने सपना छोडिदिए हुन्छ । यसले पूर्वराजालाई नै क्षति पुर्याउन सक्छ । सबै राजनीतिक दलहरू कांग्रेसजस्ता उदारवादी हुँदैनन् । यस घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिने राजनीतिक दल पनि छन् । यो पक्षलाई मनन नगर्ने हो भने पूर्वराजालाई नै चोट पुग्न सक्छ । त्यो परिस्थिति आउन दिन हुन्न । पूर्वराष्ट्रप्रमुखका रुपमा सम्मानका साथ आफ्नो स्थानमा बस्नु उचित हुन्छ भन्ने मेरो सल्लाह हो ।

–महेशकुमार बर्तौला, मुख्य सचेतक नेपाल कम्युनिष्ट पार्टी (एमाले)

लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र र गणतन्त्र हो । लोकतन्त्रमा मात्रै नागरिकले आफ्नो प्रतिनिधि छनोट गरी शासन गर्ने यो सुविधा पाउँछन् । लोकतन्त्रमा मात्रै चुनिएका दल र प्रतिनिधिले त्रुटिपूर्ण गरेमा प्रत्येक पाँच वर्षमा त्यसलाई दण्डित गर्दै अर्काेलाई चयन गर्न पाउने अधिकार जीवन्त रहन्छ । त्यसकारण पनि लोकतन्त्र र गणतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन । 

अहिले पूर्वराजाका नाममा सडकमा देखिएका गतिविधिबाट अराजकतालाई प्रोत्साहन र राजनीतिक अस्थिरतालाई बल पुर्‍याउने मनसायका साथ अगाडि बढाउन खोजिएको छ । अराजकता र अस्थिरता निम्त्याउने किसिमका प्रवृत्तिलाई बल पुग्ने कार्य कसैबाट हुनुहुन्न । यसले मुलुकलाई ठीक ठाउँमा लैजाँदैन । नेपालमा राजतन्त्रको पुनरागमन असम्भव कुरा हो । यसको पछाडि नलाग्नका लागि सबैलाई आग्रह गर्न चाहन्छौँ । 

जनताको सबैभन्दा महत्त्वपूर्ण उपयुक्त र उच्चस्तरको शासन व्यवस्था भनेकै लोकतन्त्रसहितको गणतन्त्र हो । शासकीय कार्यशैलीबारे केही प्रश्न भए त्यहीँ भित्रबाटै समाधान खोज्न सकिन्छ । संसद्मार्फत प्रमुख प्रतिपक्षसहितका दलले सरकारलाई खबरदारी गरिरहेको अवस्था छ । जनताको आन्दोलनबाट विस्थापित भइसकेको हुकुम प्रमाङ्गीबाट अब देश र शासन व्यवस्था चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न । त्यस्तो शक्तिले कुनै पनि हालतमा विजय हात पार्न सक्दैन । 

हिजो दरबार वरिपरि र राजतन्त्रको छेउछाउमा बसेकाले पूर्वराजालाई ‘ब्यानर’ बनाएर हिँडाउन खोजेको देखिन्छ । कुनै पनि हालतमा त्यस्ता गतिविधि सफल हुने र गन्तव्यमा पुग्ने कुरा होइन । संविधानबमोजिम उहाँ आमनागरिक सरह हुनुहुन्छ । पूर्वराजालाई जनताको सेवा गर्छु भन्ने लागेको छ भने अधिकार छ । यही व्यवस्थाभित्र रही राजनीतिक दल खोल्ने, चुनावमा बहुमत ल्याउने अनि प्रधानमन्त्री वा राष्ट्रपति बन्ने अवसर मिल्छ । तर कुनै वंशकै आधारमा कसैको निगाहबाट अब देशको सर्वोच्च पदमा रहने कुरा किमार्थ दिवा सपना मात्रै हुन्छ । त्यो आपत्तिजनक छ । 

– राजकिशोर यादव, उपाध्यक्ष जनता समाजवादी पार्टी (जसपा) नेपाल

सरकार र दलहरुप्रति जनतामा केही असन्तुष्टि छ । त्यो असन्तुष्टिलाई कसैले व्यवस्थाको विरुद्ध प्रयोग गर्न खोेजिरहेको छ । सरकार र राजनीतिक दलले सेवा प्रवाहलाई सहज र सुशासन कायम गर्दै जनताको पक्षमा काम गरिएमा यस्ता गतिविधि आफैँ समाप्त हुन्छन् । नेपाली समाजको चेतना, समाजको आवश्यकता र विश्व परिस्थितिका आधारमा पछाडि फर्कन मिल्दैन । 

पूर्वराजाले वर्तमान सङ्घीय लोकतन्त्रात्मक गणतन्त्रात्मक शासन व्यवस्थाबाटै सम्मान पाइरहनुभएको छ । जनतामा देखिएको निराशाका कारण मात्र सडकमा विरोध देखिएको हो । सरकार र राजनीतिक दलले जनताका भावना बुझेर काम गर्नुपर्छ । तर अहिलेको सडकका गतिविधिबाट व्यवस्था परिवर्तन हुन्छ भनी कसैले नचिताए हुन्छ । पूर्वराजा नेपालको सम्मानित नागरिक हुनुहुन्छ । यसअघि उहाँसँग कार्यकारी अधिकारसहित अभ्यास गरेको अनुभव छ । उहाँ कसैको लहडमा अब लाग्नु हुन्न । त्यसले क्षति गराउँछ । राम्रो नतिजा दिँदैन । राष्ट्र र नागरिकको कल्याण हुँदैन ।

–मनिष झा, कार्यवाहक प्रवक्ता राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वराजासँग जोडिएर सडकमा भइरहेका गतिविधि सरकार र प्रमुख राजनीतिक दलको कार्यशैलीप्रतिको केही नागरिकको आक्रोश हो । सहकारीलगायतका समग्र समस्या समाधानको व्यक्ति लक्षित आरोप लगाउने र पूर्वाग्रहका  गतिविधिले पनि मलजल गरेको छ । सडकमा यस्ता गतिविधि हुँदा प्रमुख दलका नेताबाट आवाज उठ्नुपर्छ । 

लोकतन्त्र र गणतन्त्रको विकल्प भनेको अझ उन्नत र इमानदार अभ्याससहितको लोकतन्त्र हो । राजतन्त्र गणतन्त्रको विकल्प हुँदै होइन । पूर्वराजाले राज्य सञ्चालन गर्ने अवसर पाउनुभएकै थियो । शक्ति हातमा लिँदा गलत व्यक्ति र समूहको चङ्गुलमा पर्नुभयो । लोकतन्त्रको मर्म र सिद्धान्तभन्दा बाहिर जानुभयो । तर आफूले गलत गरेको कुरा अहिलेसम्म उहाँले स्वीकार्नु भएको छैन । पूर्वराजा संविधान र कानुनको परिधिमा बस्नुपर्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending