फुङलिङ। ताप्लेजुङमा शेर्पा समुदायले ल्होसार पर्व मनाएका छन्। २१५२ औँ ग्याल्पो ल्होसार पर्वको अवसरमा नेपाल शेर्पा संघ ताप्लेजुङ्ले सदरमुकाम फुङ्लिङमा सद्भाव र्यालीसहित शुभकामना आदानप्रदान गर्दै पर्व मनाएका हुन्।
गत फागुन १४ गते तय गरिएको कार्यक्रम पाथीभरा केबलकार बिबादपछिको झडपका कारण लागू भएको निषेधाज्ञाले स्थगित गरिएको थियो। त्यसैले सोही कार्यक्रम शनिबारका लागि तय भएको शेर्पा संघ ताप्लेजुङले जनाएको छ। र्यालीमा शेर्पा जातिको परम्परागत मौलिक नृत्य ‘सिलि नाच’ प्रस्तुत गरिएको थियो।
गत फागुन १६ गते परेको ग्याल्पो ल्होसार घरघरमा मनाइएको र आज सामूहिक रुपमा भेला भएर मनाएको संघका सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो। र्यालीपछी सदरमुकामस्थित होटल जन्नु इनको सभाहलमा शुभकामना आदानप्रदान लगायतको कार्यक्रम गरिएको छ।
कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, विभिन्न वडाका जनप्रतिनिधि, शेर्पा समुदायको अग्रजको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - १५:४४
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...
श्रावण १ गते, २०८३ - १५:२९
काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...
श्रावण १ गते, २०८३ - १५:०६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...
श्रावण १ गते, २०८३ - १४:३६
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...
श्रावण १ गते, २०८३ - १४:१९
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...
श्रावण १ गते, २०८३ - १३:४८
सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...
श्रावण १ गते, २०८३ - १३:३९
काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...
श्रावण १ गते, २०८३ - १३:०२
काठमाडौँ। साउन महिना सुरु भएसँगै काठमाडौँ उपत्यकाका बजारमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनलाई भगवान् शिवको मह...
श्रावण १ गते, २०८३ - १२:५३
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ...
श्रावण १ गते, २०८३ - १२:३९
हेटौँडा। बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ...



प्रतिकृया लेख्नुहोस्: