मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गर्नु पर्ने बताएका छन् ।
आज मोरङको पथरीशनिश्वरे नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल सरकार खानेपानी मन्त्रालयले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्ने लक्ष्य लिएको बताउदै ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्न सबै जुट्नु पर्ने बताए ।
उनले भने, “पथरीशनिश्वरे खानेपानी आयोजनाको शिलान्यास समारोह केवल एउटा पूर्वाधार निर्माणको घोषणा मात्र होइन, यो सरकारको प्रतिबद्धताको प्रतीक हो । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने दिशामा हामी सबै अघी बढौँ ।”
यसैगरी मन्त्री यादवले ‘एक घर, एक धारा’ अभियानमार्फत सरकारले मुलुकभरिका नागरिकसम्म स्वच्छ पानी पुर्याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी गराए ।
नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवले बताए ।
‘स्वच्छ पानी, स्वस्थ जीवन’ नारालाई कार्यान्वयन गर्दै प्रत्येक नागरिकका लागि गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्ने, ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिँदै देशभर खानेपानीको सहज पहुँच विस्तार गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा खानेपानी तथा ढल व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, जलस्रोत संरक्षण तथा प्रविधियुक्त व्यवस्थापन गर्दै दिगो खानेपानी सेवा प्रवाह गर्ने नेपाल सरकारको दृढ प्रतिबद्धता रहेको समेत मन्त्री यादवको भनाई छ ।
सोही कार्यक्रममा बोदै खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजनाको लागि यस वर्ष रु ३५ करोड बराबरको स्रोत सहमती प्राप्त भई निर्माण कार्य शुरु हुने भएको जानकारी दिए ।
हजारौँ स्थानीय नागरिकलाई स्वच्छ, सुरक्षित, तथा भरपर्दो खानेपानी आपूर्ति गर्ने, स्थानीय रोजगारी सिर्जना गर्दै आर्थिक तथा सामाजिक उत्थानमा योगदान पुर्याउने, तथा गुणस्तरीय पूर्वाधार निर्माण गर्दै खानेपानी वितरण प्रणालीलाई सुदृढ बनाउने शनिश्वरे खानेपानी आयोजनाको विशेषता र महत्व रहेको बताइएको छ ।
यसैगरी उक्त आयोजनामा भविष्यका योजना र सरकारका प्राथमिकताहरुमा नवीनतम प्रविधिको प्रयोग गरी खानेपानी व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने, ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा खानेपानी सेवा विस्तार गर्दै समावेशी विकासको सुनिश्चितता गर्ने, स्थानीय सरकारहरूसँगको सहकार्य मार्फत दिगो खानेपानी स्रोत संरक्षण र व्यवस्थापन गर्ने तथा वित्तीय स्रोत परिचालन गर्दै स्वच्छ पानीको प्रभावकारी वितरण प्रणालीको स्थापना गर्ने रहेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका कार्यालय प्रमुख सुरतलाल चौधरीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: