मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गर्नु पर्ने बताएका छन् ।
आज मोरङको पथरीशनिश्वरे नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल सरकार खानेपानी मन्त्रालयले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्ने लक्ष्य लिएको बताउदै ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्न सबै जुट्नु पर्ने बताए ।
उनले भने, “पथरीशनिश्वरे खानेपानी आयोजनाको शिलान्यास समारोह केवल एउटा पूर्वाधार निर्माणको घोषणा मात्र होइन, यो सरकारको प्रतिबद्धताको प्रतीक हो । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने दिशामा हामी सबै अघी बढौँ ।”
यसैगरी मन्त्री यादवले ‘एक घर, एक धारा’ अभियानमार्फत सरकारले मुलुकभरिका नागरिकसम्म स्वच्छ पानी पुर्याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी गराए ।
नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवले बताए ।
‘स्वच्छ पानी, स्वस्थ जीवन’ नारालाई कार्यान्वयन गर्दै प्रत्येक नागरिकका लागि गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्ने, ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिँदै देशभर खानेपानीको सहज पहुँच विस्तार गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा खानेपानी तथा ढल व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, जलस्रोत संरक्षण तथा प्रविधियुक्त व्यवस्थापन गर्दै दिगो खानेपानी सेवा प्रवाह गर्ने नेपाल सरकारको दृढ प्रतिबद्धता रहेको समेत मन्त्री यादवको भनाई छ ।
सोही कार्यक्रममा बोदै खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजनाको लागि यस वर्ष रु ३५ करोड बराबरको स्रोत सहमती प्राप्त भई निर्माण कार्य शुरु हुने भएको जानकारी दिए ।
हजारौँ स्थानीय नागरिकलाई स्वच्छ, सुरक्षित, तथा भरपर्दो खानेपानी आपूर्ति गर्ने, स्थानीय रोजगारी सिर्जना गर्दै आर्थिक तथा सामाजिक उत्थानमा योगदान पुर्याउने, तथा गुणस्तरीय पूर्वाधार निर्माण गर्दै खानेपानी वितरण प्रणालीलाई सुदृढ बनाउने शनिश्वरे खानेपानी आयोजनाको विशेषता र महत्व रहेको बताइएको छ ।
यसैगरी उक्त आयोजनामा भविष्यका योजना र सरकारका प्राथमिकताहरुमा नवीनतम प्रविधिको प्रयोग गरी खानेपानी व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने, ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा खानेपानी सेवा विस्तार गर्दै समावेशी विकासको सुनिश्चितता गर्ने, स्थानीय सरकारहरूसँगको सहकार्य मार्फत दिगो खानेपानी स्रोत संरक्षण र व्यवस्थापन गर्ने तथा वित्तीय स्रोत परिचालन गर्दै स्वच्छ पानीको प्रभावकारी वितरण प्रणालीको स्थापना गर्ने रहेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका कार्यालय प्रमुख सुरतलाल चौधरीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८३ - १५:४४
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...
श्रावण १ गते, २०८३ - १५:२९
काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...
श्रावण १ गते, २०८३ - १५:०६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...
श्रावण १ गते, २०८३ - १४:३६
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...
श्रावण १ गते, २०८३ - १४:१९
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...
श्रावण १ गते, २०८३ - १३:४८
सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...
श्रावण १ गते, २०८३ - १३:३९
काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...
श्रावण १ गते, २०८३ - १३:०२
काठमाडौँ। साउन महिना सुरु भएसँगै काठमाडौँ उपत्यकाका बजारमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनलाई भगवान् शिवको मह...
श्रावण १ गते, २०८३ - १२:५३
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ...
श्रावण १ गते, २०८३ - १२:३९
हेटौँडा। बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ...



प्रतिकृया लेख्नुहोस्: